केपी ओलीको सरकार भारतलाई अपाच्य, कांग्रेस र एमालेभित्रको गुटबन्दीले सरकार धरापमा

राजनीति समाचार

काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार ६ महिना हाराहारी पुग्न लाग्दा पनि देशमा सुशासन, विकास र आर्थिक चलायमान बनाउन सकेको छैन । कांग्रेस र एमालेबीचको आन्तरिक झगडाले सरकारका मन्त्रीहरुले समेत काम गर्न सकेका छैनन् । कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्ष नेताहरुबीचको मनमुटावले पनि सरकारमा रहेका मन्त्रीहरुले काम गर्न सकेका छैनन् । उतातिर एमालेले सम्हालेका मन्त्रालयहरु पनि पार्टीभित्रको गुटबन्दीले गर्दा मन्त्रीहरुले काम गर्न सकेका छैनन् ।

एकातिर ओलीको डर अर्काेतिर गुटको डरले मन्त्रीहरुले चाहेअनुसारको काम गर्न सकेका छैनन् । अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरेको छ महिना पुग्न लाग्दा पनि सर्वसाधारण जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । प्रधानमन्त्री ओलीले स्वदेशदेखि विदेशसम्मको विरोध खेपिरहनु परेको छ । आलोचना मात्र खेपिरहनु परेको छैन छिमेकी मुलुक भारत र चिनले पनि ओलीको व्यवहारलाई रुचाएका छैनन् । दक्षिणी छिमेकी मुलुक भारत पनि प्रधानमन्त्री ओलीसँग रुष्ट बन्न पुगेको छ ।

सत्तासाझेदर दल नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्र मन्त्री डा. आरजु राणा पछिल्लो पटक भारत भ्रमण गर्दा भारत सरकारले जुन खालको व्यवहार गरेको थियो, त्यसैगरी कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमण गर्दा पनि भ्रमण छोट्याएर फर्कनु परेको थियो । भारतलाई केपी ओली नेतृत्वको सरकार अपाच्य बन्न पुगेको छ । परराष्ट्र मन्त्री डा. आरनु राणा र कांग्रेस महामन्त्री गगन थापा भारत भ्रमणबाट फर्किएपछि कांग्रसभित्रकै इतर पक्ष नेताहरुले यो सरकारले काम गर्न नसकेको प्रतिक्रिया दिन थालेका छन् । प्रतिक्रिया मात्र दिएका छैनन् कांग्रेस एकढिक्का हुन नसकेको, कांग्रेसभित्र विकृति र विसंगति झाकिदैँ गएको, विकास निर्माणको काम हुन नसकेको जस्ता आरोप लाग्न थालेको छ ।

त्यसैगरी एमालेभित्र मिनबहादुर गुरुङले पार्टीलाई दान दिएको जग्गाको विरोध गर्ने नेता भीम रावल, विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई हटाएपछि पार्टीभित्र झन् विकृति र विसंगति बढ्दै गएको छ । अधिकांश एमाले नेता तथा कार्यकर्ताहरुले पार्टीलाई महिनाको एक सय रुपैया लेभी नियमित तिर्ने गरेका छन् । मिन बहादुर गुरुङले एमाले पार्टीलाई दान दिएको जग्गा काण्डले एमाले कार्यकर्ताहरुले लेभी तिरे तापनि उनीहरुको धज्जी उडाउने काम भएको छ ।

देशैभरीका एमाले नेता तथा कार्यकर्ताहरुले लेभी तिरेर पार्टी बचाइरहेका छन् । एमालेको सम्पत्ति छानबिन कसले गर्ने ? एमाले नेता तथा कार्यकर्ताहरुले पार्टीलाई लेबी तिरेर बचाइराख्दा पनि अध्यक्ष ओलीको घमण्डकै कारण एमाले पार्टी तहसनहस बन्न पुगेको छ । पार्टी मात्र तहसनहस नभई विकासका कामसमेत अलपत्र परिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *