शेखरले नपत्याउँदा गगन अलपत्र

राजनीति समाचार

काठमाडौं । पार्टीमा कोइराला वंशको बिउ जोगाउन १५औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने गरी देश दौडाहामा लागेका डा. शेखर र महामन्त्री गगनको टिम फुटेको छ । संस्थापन पक्षकी डा.आरजु राणाको भ्रष्टाचारको संरक्षण गर्दै आफ्नो टिम संस्थापन बनाउन लागेका गगनलाई देउवा पक्षका नेताहरुले सघाउने छैनन् । देउवाको पक्षका पूर्णबहादुर खड्का रमेश लेखकको उचाइ छैन । नक्कली भुटानी काण्डमा बालकृष्ण जेल पर्ने डा.आरजुलाई नछुने प्रवृत्तिले खाँडको गुट परिवर्तनले पनि देउवापक्ष लगिएको छ ।

डा. शेखरसँग हृदयराम थानी, नारायण प्रकाश साउद जोडिँदै गएका कारण सुदूरपश्चिमका कमान्डर वीरबहादुर बलायर समेत विचार मग्न छन् । कांग्रेसभित्रका गुट उपगुटका कारण जनताको सेवा गर्नु छैन । सत्तामा रहँदा भ्रष्टाचार गर्न सफल भएकाहरू पार्टीको शक्ति सन्तुलनमा स्वभाविक ठानिएका डा. शेखर आफ्नै टिममा सशक्त बन्दैछन् ।

सुदूरपश्चिमले १५ केजीको माला लगाएर डा. शेखरलाई दिएको सम्मान पनि देउवा पक्षको दादागिरी माथिको प्रहार हो । डा. आरजुका पिए प्रकाश देउवाबाट राज्यकै स्रोत खर्च गरेर घर मर्मत गर्ने काम हुनु नै कांग्रेस पनि राज्य स्रोत लुट्ने हो भन्ने पुष्टि हुन्छ । डा. शेखरकै जोडमा खडा भएको वर्तमान सरकारले गति दिएन जनतालाई निराशाबाट मुक्त गर्नका लागि कांग्रेसबाट आस हुँदैन । गगनको समूह नै बनेको छैन । उनले आफ्नो हैसियत संसदीय दलको चुनावमा देखे । शेखर समूहबाट पूरा मत नपाउँदा भाउजुतिर जोडिएका महामन्त्री गगनको अवस्था अलपत्र पर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *