म्याग्दी क्याम्पस सभापतिमा नेविसंघ विजयी

विविध समाचार

काठमाडौं । म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा मिश्रित परिणाम आएको छ। सभापति नेविसंघले जित्दा सचिव र कोषाध्यक्षमा अनेरास्ववियुले बाजी मारेको छ।

स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी भएका हुन्। उनले २८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश खत्रीले १९२ मत ल्याउँदा अखिल (क्रान्तिकारी) का सन्दीप खत्रीले १७७ मत पाए। सचिवमा अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री २८३ मतसहित विजयी भएका छन्। सचिवमा नेविसंघका प्रतिभा बानियाँले २२७ र अखिल (क्रान्तिकारी) कृष्ण सापकोटाले १४४ मत पाएका छन्।

कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीे २५२ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी नेविसंघकी यशु खत्रीले २३५ मत पाउँदा क्रान्तिकारीकी सुप्रेना किसानले १६२ मत पाइन्। सदस्यमा नेविसंघका विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ गरेर चार जना विजयी हुँदा अनेरास्ववियुका तर्फबाट अविजित शाही विजयी भए। ८२४ मतदाता रहेको उक्त क्याम्पसमा ६८६ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *