आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी

विविध समाचार

काठमाडौं । तनहुँको आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ।

मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु (क्रान्तिकारी)को प्यानल नै विजयी भएको हो। सभापतिमा क्रान्तिकारीका निशान मगर ९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेविसंघका बोनिस अधिकारीले ६४ मत पाए भने अनेरास्ववियुकी रक्षा पोखरेलले मात्र सात मत पाइन्।

क्रान्तिकारीका गङ्गाप्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ विजयी भए। सदस्यमा मेनुका खत्री, सुरे नेपाली, विज्ञा राना मगर विजयी भएका छन्। २०५ मतदाता रहेकोको क्याम्पसमा १७५ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *