राजा ज्ञानेन्द्रसँग थापाको रिस

समाचार

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रसँग पटक पटक पैसा लिएर नेपाललाई हिन्दु राष्ट्र बनाउने भन्दै संवैधानिक राजतन्त्रको वकलात गर्ने तत्कालीन राप्रपा नेपालका नेता कमल थापा डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले पार्टी एक बनाएको २२ महिना पछि विभाजित गराएका छन् । कमलले गिता समाएर पार्टी फुटाए पनि उनको टिमबाट राप्रपाको नेतृत्वमा पुगेका बुद्धिमान तामाङ, भुवन पाठकहरुले भने पत्याएका छैनन् । थापा निकट मानिएको महिलामन्त्रीसमेत राप्रपाको निर्वाचित टिम छाडेर गएकी छैनन् ।
अहिले कमल थापाले ७ वर्ष अगाडि ज्ञानेन्द्र शाहसँग पैसा लिएर रथ यात्रा गरेको सम्झना गर्दैछन् । थापाको दम्भ र घमण्ड बुझेका नेताले कमलको पछि लागेर नजाने निर्णय गरेका छन् । कमल थापालाई राजा ज्ञानेन्द्रले पराजित गराउनुको कारण राजा ज्ञानेन्द्रसँग लिने पैसा र सत्ताको लागि राष्ट्रिय स्वाभिमान माथि सौदाबाजी गर्ने मौकालाई सदुपयोग गरेकाले हुनसक्छ । कमल थापाले पार्टी फुटाएका छन् । राप्रपाप्रति पूर्व राजा ज्ञानेन्द्र सकारात्मक बन्नु भनेको वंशले परम्परा धान्नु हो । पुराना पञ्चहरु राप्रपामा समेटिनु हो ।
कमल थापाले चुनावमा कांग्रेसभन्दा नेकपा एमालेको ओली समूहसँग कार्यगत एकतामा जाने आशा गरेका छन् । जबकि राप्रपा नेपालप्रति जनताको जनमत कस्तो रहन्छ स्पष्ट छैन । राप्रपाले राजतन्त्रको बारेमा बोलेको पनि छैन । तर कमल थापा ज्ञानेन्द्रको विरोध गर्दै हिन्दु धर्मको आडमा रमाउँदै गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *