देउखुरी क्याम्पसमा स्वतन्त्रको प्यानल विजयी

विविध समाचार

काठमाडौं । लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ ।

स्वतन्त्रको प्यानलका सभापतिमा मिलन चौधरी विजयी भएका छन् । उनले ४४६ मत प्राप्त गरेका थिए । उनका निकट प्रतिष्पर्धी अखिल स्मयुक्तका सम्भु जिसीले २५७ मत प्राप्त गरेका थिए भने नेविसंघका राजन भुसालले २४२ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *