सबै भन्दा पुरानो राजनीतिक व्यवस्था राजतन्त्र हो भन्ने कुरा सबैलाई थाहा भएकै बिषय हो । साथै सबै भन्दा आधुनिक राजनीतिक व्यवस्था भनेको गणतन्त्र नै हो भन्ने कुरा पनि सबैलाई जानकारी नै छ । नेपालमा पहिले राजतन्त्र थियो र दलहरुले राजतन्त्रलाई पुरानो राजनीतिक व्यवस्था भन्दै त्यसको ठाउँमा आधुनिक राजनीतिक व्यवस्था गणतन्त्रको स्थापना गरेका थिए । नेपाली जनताले पनि दलहरुको यो कार्यलाई ताली ढोकेर नै स्वागत सत्कार गरेका थिए ।
संधै जनभावना अनुसार चल्दै आएको राजाले नेपाली जनताको उत्साह र उमंगलमा साथ दिंदै आफ्नो राजमुकूट र राजदण्डलाई हिफाजत सित राख्ने सर्तमा दलका नेतृत्व वर्गलाई बुझाएर शान्तिपूर्वक नागार्जुन बनको दरवारमा जप, तप र ध्यान गरी बस्नको लागि एकान्त खोज्दै नेपाली जनता देखि टाढा अलग बस्नको लागि पलायन भएका थिए । तर बितेको १७ बर्षमा नेपालको राजनीतिमा निकै उथलपुथल मच्चियो र बन बासमा गएको राजालाई ‘राजा आउँ देश बचाउ’ भन्दै नेपाली जनताले निरन्तर आग्रह गर्न थाले । नेपालमा यस्तो राजनीतिक अवस्था किन र कसरी आयो भन्ने बिषयमा हेर्दा कोर्दा त्यसको लागि प्रमुख तीन दलहरु नेपाली काँग्रेस, एमाले र माओवादी नै जिम्मेवार रहेको कुरा एकपछि अर्को गर्दै प्रकाशित हुँदै गए ।
लोकतन्त्र, संघियता र गणतन्त्र संसार कै उत्तम आधुनिक राजनीतिक व्यवस्था भएपनि दलहरुको नेतृत्व पक्ष गलत भएकाले नेपाली जनताको मन लोकतन्त्र, संघियता र गणतन्त्र देखि कँडिदै गयो । दलहरुले लोकतन्त्रको नाममा नेतातन्त्र चलाएपछि नेपाली जनताको चित्त राजनीतिक व्यवस्था देखि फाट्दै गयो र दलहरु बिरुद्ध नेपाली जनताको बिद्रोह फाटफुट सुरु भयो । राजनीतिक दलहरुले नेपाली जनताको उक्त बिद्रोह को आवाजलाई वेवास्ता गर्दै झन झन भ्रष्टाचारमा लिप्त बन्दै गएर बलेको आगोमा घिऊ हाल्ने काम निरन्तर गरी नै रह्यो । फलस्वरुप नेपालको अर्थतन्त्र आर्थिक संकटको चपेटामा पर्दै गयो भने नेपाली जनताको जीवनयापन महंगी बढेकाले दयनीय बन्दै गयो । नेपाली जनताको गाँस, बास र कपासलाई नै दलहरुले नाफा कमाउने व्यापार व्यवसाय बनाउँदै लगेपछि घरजग्गाको भाउँले आकास छुयो र नेपालमा खेतीपाती र खाद्यन्न उत्पादनमा ठुलो कमी आयो । परिणाम स्वरुप नेपाली जनताको लागि अति आवश्यक खाद्य समाग्रीहरु सबै आयातबाट आपूर्ति गर्नु पर्ने भयो ।
दलहरुले बनाएको सरकारले सरकारी उद्योगहरुमा लगानी नगर्ने नीति लिएकाले नेपालमा बेरोजगारीको समस्या बढ्यो । समाधानको रुपमा दलहरुले पुरै नेपाल शून्य पारी युवापिढीलाई वैदेशिक रोजगारीमा पठाउने नीति लिएका छन् । त्यसबाट नेपाल राष्ट्रमा वैदेशिक मुद्रा त भित्रियो तर नेपालमा आर्थिक रुपले सक्रिय युवापिठी नहुँदा परिवारिक स्वरुप ध्वस्त भए । गाउँघरमा बुढाबुढी र केटाकेटीहरु बाहेक कोहि नवस्दा मर्दा पर्दा खेरी मद्दत समेत पाउन छाड्यो ।
आज आएर नेपालको गाउँघर मात्र होइन सहर पनि युवापिढी बिहिन बन्दै गएको अवस्था छ । बिबाह गर्ने उमेरमा वैदेशिक रोजगारीमा जानु परेकाले विवाह गर्ने बालबच्चा जन्माएर हुर्काउने मानव विकासको अति जरुरी काम नै बन्धित हुन पुग्यो । पढ्ने उमारेका केटाकेटीको संख्या घट्दै गएकाले स्कुलहरु गाभ्ने वा बन्द गर्ने अवस्थामा पुगेका छन् भने उच्चशिक्षा दिने कलेजहरु र विश्वविद्यालयहरु पनि उस्तै प्रकारले प्रभावित भएका छन् । नेपालको जनसंख्याको सन्तुलन नै बिग्रीसकेको हुँदा कुल जनसंख्या घट्ने क्रममा छ भने पढ्ने उमेरका केटाकेटी र युवापिढीको संख्या घटेर असन्तुलित भइसकेको अवस्था आईसकेको छ । दलहरुले बिकास के हो भन्ने कुरा राम्ररी नबुझेकाले हचुवाको बिकास परियोजनाहरुमा राष्ट्रिय ऋणको रुपमा प्राप्त लगानीलाई जताततै खेर फालेका छन् ।
राष्ट्रको विकासलाई नेपाली जनताको आवश्यकता र खुसी सित जोड्न सकीरहेको छैन । दलहरु धेरै भ्रष्ट भएको हुँदा वेरुजु बढेर १२ खर्व नाघेको छ भने राष्ट्रिय ऋणको भारी २७ खर्व नाघ्नै लागेको छ । यस्ता दलहरुको सरकार चल्दै जाने हो भने नेपाल राष्ट्रको अस्तित्व ने समाप्त हुने खतरा बढीरहेको छ । नेपाली जनताको भविष्य पनि थप अन्धकारमय बन्ने कुरा सुनिश्चित पारेका छन्् । १२ खर्वको वेरुजुले दलहरुको सरकार कती भ्रष्ट र आर्थिक अनुशासनहिन भएको छ भन्ने कुरा बताई राख्नु पर्दैन ।
नेपालको आर्थिक अवस्था दयनीय बन्दै गएको कुरा राष्ट्रिय ऋणको भारी र वेरुजुको चाङले नै स्पष्ट पारीदिएको छ । नेपाल राष्ट्रको यस्तो दयनीय आर्थिक अवस्थालाई बदल्नको निमिक्त अब दलहरुको सरकार मात्रै बदलेर हुँदैन व्यवस्था नै बदल्न नित्यान्त जरुरी भएकोछ । राजतन्त्रको वापसी र धर्मनिरपेक्षताको समाप्ती नभए सम्म अब नेपालमा दलहरुको सरकार मात्रै बदलेर केही हुनेवाला छैन । कालेको ठाउँमा गोरे मंत्री भएर आएपनि भ्रष्टाचार र आर्थिक अपराध कायम भइ नै रहनेछ र नेपाली जनताको पीडा कहिले पनि कम हुने छैन । महंगीको पीडा र परिवारिक सदस्यहरु बिचको बिछोटको पीडा नेपाली जनताको नियती नै दलहरुको नीतिले बनाईसकेको छ ।
नीति फेर्नको लागि दलका नेताहरुलाई नै बदल्नु पर्ने अवस्था नेपाली जनता समक्ष आईलागेको छ । दलहरुले भन्ने गरेको लोकतन्त्र अब नेतातन्त्रमा बदलिएर नेपाली जनताको दुःखको कारण बनीसकेको छ । लोकतन्त्र, संघियता र गणतन्त्र भएका मुलुकहरु संसारमा धेरै छन् । साथै राजतन्त्र भएका मुलुकहरुको संख्या पनि कम छैन । नेताहरु राम्रो भएको मुलुकहरुको राजनीतिक व्यवस्था जुनसुकै भएपनि कुनै फरक पारेको छैन । संसारका दुबै प्रकारका मुलुकहरुले राम्रो बिकास गरी त्यहाँका नागरिकहरुलाई सुखी तुल्याएका छन् ।
नेपालको सन्दर्भमा भने त्यसो हुन सकेन र संसार कै आधुनिक र भरोषामन्द मानिएको लोकतन्त्र, संघियता र गणतन्त्रले राष्ट्र बिकासको काम र नेपाली जनताको सेवामा कुनै डेलीभरी गरी देखाउन सकेन । पहिलेको राजतन्त्रमा भएको बिकास र अहिलेको लोकतन्त्र, संघियता र गणतन्त्रमा भएको बिकासलाई नेपाली जनताले तुलना गर्दा राजतन्त्र नै अव्वल पाएका छन् । नेपाली जनताले खोजेको मुलुकलाई परनिर्भर बनाउने राजनीतिक व्यवस्था होइन । नेपाली जनता नेपाल राष्ट्र आत्मनिर्भर, स्वावलम्बी र स्बाभिमानी राष्ट्र भएको हेर्न चहान् छन् । तर दलहरुले ल्याएको लोकतन्त्र, संघियता र गणतन्त्रले नेपाल राष्ट्रलाई ठ्याक्कै उल्टो दिशामा लगेका छन् । विदेशीको निर्देशन र नीति अनुसार चलेर नेपाल राष्ट्रको बिकास होइन बिनास गरेका छन्।
नेपाल राष्ट्रको ऋण बढाउने देखि लिएर परनिर्भरता बढाएर आर्थिक संकट निम्तयाउने काम भएका छन् । साथै नेपाली जनतालाई सुखी बनाउछौं भन्दै विदेशीको निर्देशनमा राष्ट्रिय परिचय र इम्बोस्ड नम्बर प्लेट राख्ने जस्तो वकवास परियोजनाहरु ल्याएर नेपाली जनतालाई धेरै दुःख दिएका छन् ।
दलहरु कै नीतिको कारण नेपाली जनताले कठोर महंगीको मार भोग्न बध्य बनिरहेका छन्। आम नेपाली जनताको लागि सरकारी कर बढाएको बढाएकै छन् भने धनी व्यापारीहरु र व्यवसायीहरुले सरकारी कर कम गर्न झुटा विवरण देखाएर कम सरकारी कर तिर्न पाएका पाएकै छन् । साथै तिनीहरुलाई नै सरकारी कर भ्याट मिनाहा गर्ने देखि लिएर बाँकी बक्यौता तिर्न नपर्ने सम्मको बिभिन्न प्रकारको सहुलियतहरु दलहरुले बनाएको सरकारले दिने गरेका छन् । यस्ता भेद्कारी दलहरुको सरकार नेपालमा भएसम्म र रहेसम्म नेपाली जनताको भागमा सुःख होईन संधै दुःख मात्रै पर्ने निश्चित भएकोछ ।
नेपालमा सिधै लगानी गर्ने बहुराष्ट्रिय कंपनीहरुले दलका नेताहरुलाई कमिसन खुवाएर नेपाली जनता र नेपाल राष्ट्रलाई ठगेको ठगेकै छन् । यस्तो हुँदापनि दलहरुको सरकारले नेपालका ठग व्यापारीहरु र व्यवसायीहरुले अगाडि सारेका तिनै बहुराष्ट्रिय कम्पनीहरुलाई सहुलियतको बर्षात गर्नबाट परहेज गरी राखेका छैनन् । पहिले र अहिलेको बिकास निर्माण गर्ने नीतिहरु र प्रणालीहरुलाई तुलना गर्दा राजतन्त्र कालमा भएको औद्योगिक बिकास धेरै नै उत्तम देखिनको साथ साथ त्यो बेलाको नेपाल राष्ट्रलाई आत्मनिर्भर राष्ट्र बनाई राख्ने सरकारी नीतिहरु अतुलनीय र अव्वल पाइएका छन् ।
त्यहि मार्गमा नेपाल राष्ट्र र नेपाली जनतालाई लगातार अगाडि बढाएको बढाएकै गरेको भए अहिले सम्म नेपाल राष्ट्रको बिकास सिंहापुर र स्वीट्जरलैंड कै हाराहारी पुग्ने कुरा निश्चित थियो । विदेशी अनुदान र ऋण पाउने लोभमा दलहरुले नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रको सर्तहरु राष्ट्रको इतिहास, धर्म र संस्कृतिको बिरुद्ध गएर मान्दै गएको हुँदा आज नेपाल राष्ट्र र नेपाली जनता समेत विदेशीले थापेको ऋणको पासोमा परिसकेका छन्् ।
अब पाँसोमा परी सकेको माछो झै नेपाली जनता तड्पेर नै मर्नु पर्ने दिन नजिक आईसकेको देखिन्छ । यसबाट बच्ने र राष्ट्रलाई पनि बचाउने अन्तिम उपाए भनेको राजतन्त्रलाई नेतृत्वमा ल्याउनु नै हो । दलहरु बदनमा मात्र होइन विदेशीको हातमा बिक्री भइसकेको हुँदा उहाँहरुले चाहेपनि मुलुकलाई बचाउन सक्दैन किन भने उहाँहरुले नेपाल राष्ट्रको पहिचान बनेको महान इतिहास र वैदिक सनातनी हिन्दूधर्मलाई नै मेटाउने काम गरीसकेका छन् । यसरी महाभ्रष्ट भएर महाबदनाम भइसकेका दलहरुले राजतन्त्र लाई चिहानमा गाडेको वा फालेको जे भने पनि नेपाली जनताको मनमष्तिकमा जग्गा बनाएर बसेको राजतन्त्र नेपाली जनताको सहारा बनी नेपाल राष्ट्रको अस्तित्व बचाएर जोगाउँदै नेपाल राष्ट्रलाई फेरि महान राष्ट्र बनाउनको निमिक्त नेपाली जनताको साथ सहयोग र नेतृत्च गर्नको लागि तयार भएर युद्धको मैदानमा उत्रिएका छन्।
अब चिहानमा पुराएर नेपाली जनताले दलहरुलाई गाड्ने काम चाँडै गर्ने छन् । यदि आफै पनि जोगिन र नेपाल राष्ट्रलाई पनि जोगाएर नेपाली जनतालाई राजाले जसरी नै साथ सहयोग दिन दलहरु तयार छन् भने दलहरु आफै संघियात र गणतन्त्रको मलामी बन्न तयार हुनुपर्छ र मुलुकमा झुटमुटको होइन सच्चा लोकतन्त्र ल्याउने तयारीमा जुट्नु पर्छ ।

