गगनको हुटहुटीले कांग्रेस ध्वस्त हुँदै !

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले विगत लामो समयदेखि गुट, उपगुटले गर्दा विभिन्न निर्वाचनमा धोका खाँदै आएको थियो ।

त्योसँगै पार्टीभित्र खरो टिकाटिप्पणी गरी आफू सभापति हुनको लागि महामन्त्री गगनकुमार थापाले खोचे थाप्ने काम गर्दै आएका थिए । महामन्त्री जस्तो जिम्मेवार पदमा रहेका थापाले कहिले सभापति शेरबहादुर देउवातिर कहिले डा. शेखर कोइरालातिर लागेर ढुलमुले व्यवहार गर्र्दै आउनु स्वभाविक थिएन । जब कांग्रेसलाई अप्ठ्यारो पर्छ अनि थापा पार्टीभित्र खेलेर आफू ‘हिरो’ बन्न खोज्छन् । थापाले पहिलादेखि नै पार्टी बलियो बनाउनेभन्दा पनि आफू केन्द्रमा रहेर पार्टीलाई झन् कमजोर बनाउने काम गर्दै आएका छन् ।

थापाले आफ्नै पार्टी सरकारमा हुँदा पनि व्यक्तिगत इगो साध्दै सरकारविरुद्ध विभिन्न टिकाटिप्पणी गरी हिड्ने व्यक्ति हुन् । सरकारले गल्ती गरेको ठाउँमा पार्टीभित्र छलफल गरी त्यसको समाधान निकाल्नुपर्नेमा त्यो नगरी सरकारमा सामेल मन्त्रीको विरोध गरेर आफू पानीमाथिको ओभानो बन्ने काम गर्दै आएका थिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कांग्रेस पार्टी कार्यालय ध्वस्त हुनुका साथै सभापति शेरबहादृुर देउवामाथि सांघातिक आक्रमण र घरमा आगजनी र तोडफोड भइरहेको बेला पार्टीभित्र छलफल गरी के÷कसरी पार्टीलाई बलियो र जिम्मेवार बनाउन सकिन्छ भन्नेतिर लाग्नुपर्नेमा त्यो नगरी पार्टी पदाधिकारी बैठकले सभापति स्वस्थ भएपछि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिरहँदा उल्टै जेनजी पुस्ताको आडमा आफू पार्टी सभापति बन्ने खेलोफड्कोमा लागेका छन् ।

कांग्रेसभित्र महामन्त्री थापा मात्रै युवा नेता छैनन् अन्य पदाधिकारी पनि युवा नै छन् । तर, थापा बाहेकका युवा नेताहरुले पार्टीको हित विरीत आफूलाई केन्द्रमा राखेर बोलेका छैनन् । तर, थापा भने पटक–पटक पार्टी र नेतृत्वलाई अप्ठ्यारो परेको बेला अवसरको फाइदा उठाउँदै आएका छन् । थापाले अहिले मात्रै फाइदा उठाएका छैनन् पहिला पनि प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका थिए । संसदीय दलको नेतामा उनलाई २५ भोट मात्रै आएको थियो । थापाका प्रतिस्पर्धी सभापति देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका थिए । संविधान अनुसार प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ ।

कांग्रेस सदंसदमा ठूलो दल भएकाले थापालाई प्रधानमन्त्री बनाउन चाहनेहरुले संसदीय दलको नेता बन्न उक्साएका थिए । तर, थापालाई संसदीय दलको नेता बनाउन कांग्रेसभित्रका नेताहरु नभइ अन्य देशीविदेशी शक्तिहरुले उक्साएको कांग्रेसभित्र चर्चा चल्ने गरेको छ । जेनजी पुस्ताको आन्दोलनमा युरोपियन युनियनको घुसपैठ हुँदा अनाकमा युवाहरुले ज्यान गुमाइरहँदा थापा भने अवसरको खोजीमा जुटिइरहेका छन् । थापालाई जेनजी पुस्ताको अवसर दिलाउन युरोपियन युनियनहरु लागिपरेको स्रोतले उल्लेख गरेको छ । थापा जेनजी पुस्ताको नाममा भएको आन्दोलनलाई भँजाएर कांग्रेस कब्जा गर्न खोजिरहेका छन् । तर, यति चाँडै थापाले चाहेजस्तो कांग्रेस नेतृत्व हत्याउने सम्भावना देखिँदैन । कांग्रेसभित्र थापाभन्दा दीग्गज नेता धेरै छन् । ती पुराना र अन्य युवा नेताहरुलाई नसमेट्ने हो भने थापा कांग्रेसको सभापति बन्ने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *