काठमाडौं । माओवादी छाडेर गएकाहरू पार्टीमा फर्के भने जुन पदमा थिए त्यही पद दिने नेकपा माओवादीको घोषणालाई पार्टी छाडेर हिँडेकाहरूलाई छोएको छैन । माओवादीमा के छ त्यस्तो ? जहाँ आकर्षणबाट मान्छे प्रभावित होस् । पाएसम्म क्रान्तिकारी भन्दै चन्दा उठाउन अधुरो जनयुद्ध सफल बनाउन हतियार किन्ने हल्ला चलाएकाहरु थलिएका छन् । नेत्रविक्रम चन्दसँग हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला हिँडे । मोहन वैद्यको पार्टी अब लेटर प्याडमा सीमित छ । चर्का कुरा तिनकै छन् । माओवादीको बदनाम गरेका नेताहरू एकआपसमा विभाजित छन् । यिनले जनताको नाममा चन्दा उठाए, आँफै घर बनाए । चन्दसँग फुटेर श्रमजीवी पार्टी खडा गरेकाहरुले पनि जनता ढाटेकै छन् । विचार र सिद्धान्तभन्दा कमाई धन्दामा लागेकाहरुलाई पदीय आकर्षण हुन सक्छ ।
माओवादीले उपचुनावमा पाएको मतले नेताहरु हौसिएका छन् । पार्टी घरघर जाने भन्छ, जसले महाधिवेशन पछिको यो अवधिसम्म पार्टी र संगठनको संवद्र्धनमा जोड दिएपनि माओवादी सप्रेको छैन । जनताको काम गर्नु परेन, कालोबजारी महंगी र अभावले जनता हायलकायल भएका छन् । मौका पर्दा सुन तस्करी गर्नेहरू धेरै छन् । तस्करीमा सबै दलका ठेकेदारहरु लागेका हुन् । आइरिस सन्धिले जहाँको वस्तु हो त्यही पठाउनुपर्छ । तर राजनीतिक दलहरूले भारतसँग समन्वय गरेनन् । वन विभागमा सडेको रक्तचन्दनको गाडी सडेकै छ । देशको आम राजनीतिक परिवर्तनका संवाहक भनिएका दलहरूको आन्तरिक सहकार्य नहुँदा आफै सडेका बेला जुन पद त्यागेर हिँडे त्यही पद दिने कुरा केवल आकर्षण बनाउने एजेन्डा मात्र हुन पुगेको छ ।