केजीएफ बनाएको होम्बाले फिल्म्सले ऋतिक रोशनसँग फिल्म बनाउने

मनोरञ्जन समाचार

काठमाडौं । फिल्म वार–२ का कारण चर्चामा रहेका बलिवुड अभिनेता ऋतिक रोशनले केजीएफ, सालार र कान्तारा जस्ता फिल्म बनाएको निर्माण कम्पनि होम्बाले फिल्म्स प्रोडक्सनसँग हात मिलाएका छन् ।

होम्बाले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यद्यपि, यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी अहिलेसम्म खुलाइएको छैन र यो फिल्ममा ऋतिक कुन भूमिकामा देखिनेछन् भन्ने कुरा पनि स्पष्ट छैन ।

होम्बाले फिल्म्सका मालिक विजय किरागन्दुरले भनेका छन् ‘हामी यो सहकार्यबाट धेरै खुसी छौं । होम्बाले फिल्म्सले मानिसहरूलाई प्रेरणा दिने र सबैसम्म पुग्ने कथाहरू भन्ने लक्ष्य राखेको छ । ऋतिक रोशनसँग काम गर्नु हाम्रो लक्ष्यतर्फको ठूलो कदम हो । हामी एउटा बलियो कथा र कल्पना दुवै भएको फिल्म बनाउन चाहन्छौं । हामी हृदय छुने र यादगार हुने फिल्म बनाउन सक्दो प्रयास गर्नेछौं ।’

त्यस्तै यो संम्झौतापछि ऋतिकले भनेका छन् ‘होम्बाले फिल्म्सले अहिलेसम्म धेरै फरक र रोचक कथाहरू बनाएको छ । म उनीहरूसँग काम गर्न पाउँदा धेरै खुसी छु । हामी दर्शकहरूको लागि एक उत्कृष्ट फिल्म ल्याउन चाहन्छौं । हाम्रो सपना ठूलो छ र हामी यसलाई साकार पार्न सक्दो प्रयास गर्नेछौं ।

ऋतिक र साउथ सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘वार २’ अगस्त १४ मा रिलिज हुनेछ । यस फिल्ममा कियारा आडवाणी पनि देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *