काठमाडौं । अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन् ।
उनले ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको आफ्नो जिम्मेवारी सकिएको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए ।
ट्रम्प जनवरीमा ह्वाइट हाउस आइपुग्दा, उनले मस्कलाई नयाँ सरकारी विभाग सरकारी दक्षता विभागको नेतृत्व सुम्पिएका थिए ।
मस्कले यस बारेमा जानकारी दिदै भनेका छन्( ुविशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ । म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सरकारी व्यर्थ खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । समयसँगै सरकारी दक्षता विभाग मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।ु
मस्कले ट्रम्प प्रशासनमा महत्वपूर्ण भूमिका निभाउने क्रममा उनले व्यक्तिगत रुपमा भने ठुलो मुल्य चुकाएका छन् । उनको ब्राण्ड टेस्लाले यस क्रममा ठुलो नोक्सानी बेहोर्नु परेको छ । अमेरिका, क्यानडा र युरोपमा टेस्ला बहिष्कारको अभियान चलाइएको थियो भने शेयर बजारमा समेत ठुलो नोक्सानी बेहोर्नु परेको थियो ।