खोल्ला त अख्तियारले अन्य भ्रष्टाचारका मुद्दाका फाइल ?

राजनीति समाचार

काठमाडौं । तत्कालीन सरकारका पालामा भए गरेका विकृति विसंगति र भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका थियो । सो उजुरी ढिलै भएतापनि अहिले केहि हदसम्म त्यसको सुनुवाई हुन थालेको छ । त्यसको उदाहरण लिन सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दालाई लिएर ५ पुर्वमन्त्रीसहित अन्य विभिन्न ओहोदामा कार्यरत कर्मचारीहरुलाई १० अर्बको विगोसहित अख्तियारले मुद्दा दायर गरेको छ । अब भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्यटाचार र त्रिभुवन विमानस्थल मर्मत सम्भारमा भएको भ्रष्टाचारमा पनि मुद्दा पर्ने सम्भावना बढ्रदै गएको छ । अर्काेतर्फ सुशिला कार्की नेतृत्वको सरकारले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा, बालमन्दिर जग्गा, गिरिवन्धु टि स्टिेटको जग्गा र थाम सेकुवालाई भाडामा दिएको जग्गाको छानबिन गर्ने सम्भावना पनि त्यतिकै बढेर गएको स्रोतले उल्लेख गरेको छ ।

तर कार्की नेतृत्वको सरकारको काम गराई हेर्दा त्यो छाँटकाँट देखिदैन । किनकी कार्की नेतृत्वको सरकारनै धरापमा पर्दै गएको आँकलन गर्न सकिन्छ । प्रधानमन्त्री कार्की कुनै न कुनै विवादमा तानिदै आएकी पिछन् । उनका मन्त्रीहरु पनि कुनै न कुनै विवादमा मुछिदै गएका छन् । सातवटा मन्त्रालय प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् । मन्त्रीहरु पनि नियुक्ति गर्न सकेकी छैनन् ।

त्यसले गर्दा भ्रष्टाचारका फाइलहरु अगाडी बढ्ने सम्भावना क्षिण हुदैँ गएका छन् । अख्तियारले पनि मुद्दा चलाउने सम्भावना देखिदैन । उता भ्रष्टाचार र विकृतिहरु दिनप्रतिदिन बढ्दै गएका छन् । त्योसँगै उद्योगी व्यापारीहरुले मुल्य बढाएर असुलीधन्दा चलाइरहेका छन् । तर सरकारले भने यस्ता विषयमा ध्यान दिन सकेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *