भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भयो सहमति

राजनीति समाचार

काठमाडौं । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर सत्तारुढ दलका शीर्ष नेताहरुले बैठकमा विधेयक ल्याउने सहमती भएको छ । ।

प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बसेको बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमती भएको एक नेताले जानकारी दिएका हुन् ।
सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश होल्ड भएको छ । यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो ।

सरकारले गत पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । यद्धपि, भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी भएको थियो । त्यसअगाडि १४ पुसमा सहकारी सम्बन्धी अध्यादेश ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *