काठमाडौं । स्मार्ट सेलको सेटिङमा लिलामी, एनसेलको सेयर खरिदबिक्री तथा राज्यलाई आपराधिक विश्वासघातजस्तो गम्भीर कसुरमा मुछिएका फरार अभियुक्तहरूसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोहरु प्रहरीले पक्राउ गर्न सक्दैन । साइबर कसुरमा जोडिएका उपसभामुखको पिए दिपकजङ्ग ठाकुर उपसभामुखकै क्वार्टरमा छन्, तिनलाई पक्राउ गर्न प्रहरी र राज्य सक्दैन । उस्तै अपराधमा जोडिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे त प्रधानमन्त्री कार्यालयमै मिटिङ्गमा भेटिन्छन् । सिंहदरबारस्थित पूर्वाधार मन्त्रालयमा ढुक्क भेटिन्छन्, उनी पनि प्रहरीको फरार सूचीमा राखिन्छन् । अनि समाइन्छन्, दुर्गा प्रसाई, चोलेन्द्र शमशेर जबराहरु, जो अपराध पृष्टि हुने कसुर कुनै भेटिन्नन् । उपभोक्ताको जनस्वास्थ्यमाथि खुलेआम खेलवाड गरिरहेका रतनलाल र पवन संघाईहरु उपर राज्यका कुनै निकायले कानुनी कारवाही प्रक्रिया समेत अगाडि बढाउन सक्दैन । पछिल्लो समय एग्रो थाइ फुड्सले उत्पादन गर्दै आएको एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खुलेआम विक्री वितरण भइरहेको छ । यस्का उत्पादक तिनै लागू औषधको मुद्धामा जोडिएका रतनलाल संघाई र पवन संघाईहरु रहेको खुलेको छ ।
यसरी इनर्जी ड्रिग्सको नाममा बिषको खुलेआम विक्री वितरण भइरहे पनि राज्यका नियमनकारी निकायहरु उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्तावादीहरु निरिह बन्न पुगेको छ यस्ता उत्पादन र उत्पादकको अगाडि एकातिर थाइ फुड्सले एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको विज्ञापन खर्चमा हुने ट्याक्स डिडक्सनको दुरुपयोग गरी ठूलो मात्रामा कर छली गरेको उजुरी राज्यको विभिन्न निकायमा पुगेको भए पनि कर छलीदेखि जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै आएको सो कम्पनीमाथि सुशासनको नारा दिँदै बनेको सरकार समेत मुकदर्शक बनिरहेको छ । सो उत्पादनमा अत्यधिक क्याफिनयुक्त र जनस्वास्थ्यका लागि हानिकार हुने विज्ञहरुले पटक पटक भन्दै आएका छन् ।
जनस्वास्थ्यविद्हरुका अनुसार, यस्ता पेय पदार्थले मधुमेह, पेट र पाचनमा समस्या, मुटु रोग, किड्नीमा समस्या र हड्डी कमजोर बनाउने जस्ता स्वास्थ सम्बन्धी गम्भीर समस्या निम्त्याउँछ । यस्को प्रयोगले एन्जाइटी, चिडचिडापन, अत्यधिक उत्तेजना र आक्रामक व्यवहार, निद्रा नलाग्ने समस्या, ध्यान केन्द्रित गर्न नसक्ने अवस्था, हातखुट्टा काँप्ने र टाउको दुख्ने, मुटुको चाल तलमाथि पार्ने उतिकै जोखिम रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । क्षणिक उर्जा र स्वादका लागि प्रयोग गरिने यस्ता इनर्जी ड्रिंक्समा अत्याधिक मात्रामा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप, एसिडिटी अत्याधिक मात्रामा मिसाइएको पाइन्छ । ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउने बताइन्छ । यस्को प्रयोगले बालबालिकामा अत्यधिक चञ्चलता बढाउने जनस्वास्थ्यविद्हरु बताउँछन् । चिकित्सकहरुका अनुसार, यस्ता इनर्जी ड्रिंक्समा रहेका केमिकलहरूले मस्तिष्कमा प्रत्यक्ष असर पार्छन् । क्याफिन र टाउरिनजस्ता तत्वले ‘स्टिमुलेन्ट’को रूपमा काम गर्दै मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउँछन् । विशेषगरी बालबालिका र किशोरावस्थाको मस्तिष्कमा यसको असर अझै गम्भीर हुने स्वास्थ विज्ञहरु बताउँछन् । यस्को प्रयोगमा किन पनि खराबी र खतरा छ भने एक्ट्रा इनर्जी ड्रिग्सका उत्पादक नै लागू औषध तस्करी मुद्धामा पक्राउ परेका व्यक्ति रहेको बिषय समेत बाहिरिएको छ । दशक अगाडि संघाई समूहले सञ्चालन गरेको आर्या फर्मामार्फत लागु औषधको कारोबार भइरहेको सूचना पाएको प्रहरीले संघाईसँगै उनका भाइ पवन संघाईको समेत खोजी गरेको थियो, तर उनी त्यति बेला भारतमा लुकेर बसेका थिए । औषधिको नाममा लागू औषध कारोबार गर्दागर्दै रतनलाल संघाई पक्राउ परेपछि संघाई समूहको व्यवसायिक यात्रा शुरु भएको थियो । सो समयमा रतनलालको साथै उनका भाई पवन कुमार संघाई, उनका व्यवसायिक साझेदारहरु शंकरलाल हलानका छोराहरु रोहित हलान, मोहित हलान, रतनलालका भतिज कमल कुमार अग्रवाललाई बैंकले कर्जा भुक्तानी गर्न सार्वजनिक रुपमा ताकेता गरेको थियो । औषधिको नाममा लागूऔषध कारोबार गरेको पाईएपछि कम्पनीको कारोबार, बैंक खाता सबै रोक्का भयो । पवनकुमार संघाई फरार भए ।
उद्योग पुरै बन्द । सोही समूहले अलि पछि पाटन औद्योगिक क्षेत्रमा कार्यालय खडा गरेर एक्स्ट्रा इनर्जी डिग्स उत्पादन गरेर अहिले सर्वसाधारणको जीवनमाथि गम्भीर खेलबाड गरिहेको पाएको हो । स्मरण रहोस अहिले नेपाली बजारमा विक्री वितरण हुने औषधि समेत अत्याधिक आर्या कम्पनीले उत्पादन गर्दै आएको बेन्जोइक एसिड र सोर्बिक एसिडजस्ता हानिकारक रसायनहरू प्रयोग हुने गरेको र ती औषधि सेवन गर्दा बालबालिकाको कोमल कलेजो र मिर्गौलामा असर गर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । तर यही समूहले प्रधानमन्त्री राहत कोषमा केही करोड सहयोग गरेको थियो । यसरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरे पछि जस्तो सुकै अपराध पनि क्षम्य हुने हो ? अहिले प्रश्न उठ्न थालेको छ । उसो त अखाद्य चाउचाउ उत्पादन गर्दै आएका अर्काे विवादित व्यवसायी कमल मालपानीको अनेकन फण्डा र विवादहरु आउँदा समेत तिनलाई बर्तामान सत्ताको छत्रछायाँ रहेको चर्चा व्यापारिक वृत्तमा सुनिन्छ । स्मरण रहोस, उनै मालपानीलाई झापामा चुनाव लड्न निस्कदा वालेन साहलाई डिफण्डर गाडी चढ्न दिएका थिए ।

