दिपक भट्टसँग जोडिएका कर्मचारी र व्यापारीहरु शंकको घेरमा

राजनीति समाचार

काठमाडौं । सरकारले चार जना सहसचिवहरुलाई उन्मुक्ति दिने प्रयास गरेको छ । शंकास्पद गतिविधि गरेको देखाएर केही सहसचिवलाई सिंहदरबारबाट उपत्यका बाहिर सरुवा गरेको छ । सरुवाको सूची अनुसार, अर्थ मन्त्रालयमा कार्यरत रहेका तीन जना सहसचिव महेश दाहाल, महेश भट्टराई, महेश बराललाई प्रदेशतिर पठाइएको छ । हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र उनका अंशियार तथा व्यापारिक साझेदार शंकर ग्रुपका शुलभ अग्रवालका बाबुछोरालाई अनियमित कारोबारमा वर्षौंदेखि प्रशासनिक सहयोग गरेको आरोपमा उनीहरुलाई प्रदेश तिर सरुवा गरिएको छ ।

भट्ट र अग्रवालको व्यवसाय विस्तारमा पूर्व सचिवदेखि बहालरत सचिव, सहसचिव र उपसचिवको सम्बन्ध रहेको आशंका गरिएको छ । ती कर्मचारी माथि नुसन्धान गर्नु पर्ने दबाब बढिरहेको छ । प्रदेशतिर लखेटिएकामध्ये सहसचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका पूर्व महानिर्देशक महेश भट्टराई र धितोपत्र बोर्डका पूर्व अध्यक्ष महेश बरालललगायतलाई कारबाहीको दायरामा ल्याउनु पर्ने आवाज कर्मचारीवृतबाट उठ्न थालेको छ । दाहाल २०८१ मंसिरमा शरद ओझालाई कार्यकारी अध्यक्षमा नियुक्त गरिनुअघि बीमा प्राधिकरणको अध्यक्ष थिए ।

बराल अर्थ मन्त्रालयबाट धितोपत्र बोर्ड सञ्चालक समितिका प्रतिनिधि बनेका थिए । दाहाल बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेकै बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासक रहेका थिए । २०८१ फागुन १ देखि गत भदौ १ सम्म धितोपत्र बोर्डमा अध्यक्षमा कार्यरत रहेका थिए । तत्कालीन राजश्व सचिव दिनेश घिमिरे पनि भट्टको सहयोगी रहेको बताइन्छ । घिमिरे सहसचिव हुँदा बैठकका सूचना तुरुन्त दिपक भट्टकोमा पु¥याएको आरोप लाग्दै आएको छ । यस्तै, दीपक भट्टको लगानी रहेको इन्स्योरेन्स कम्पनीबाट श्रीमतीको नाममा हजारौं किता शेयर रहेको पाइन्छ ।

त्यही विषयलाई लिएर सम्पत्ति शुद्धिकरणमा समेत उजुरी परेको थियो । सम्पत्ति शुद्धिकरणका महानिर्देशक गजेन्द्र ठाकुरलाई समेत मुछिएका छन् । अर्थ सचिव घनश्याम उपाध्याय समेत सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्टसँग जोडिएको आर्थिक कनेक्सनबारे छानबिन भइरहेका बेला नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थसचिव डा. घनश्याम उपाध्यायकी श्रीमती भगवती उपाध्यायकोको नाम जोडिएको छ । उनीले पनि १० लाख कित्ता शेयर हात पारेको बताइन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता अभिलेखअनुसार भगवती उपाध्यायको नाममा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर रहेको विवरण सार्वजनिक भएको छ ।

दीपक भट्टसँग लगानी र कारोबारबारे अनुसन्धान भइरहेका बेला सरकारका सहसचिवहरु महेश बराल, मदन दाहाल, महेश भट्टराईका लगायत राजेश्वर ज्ञवाली, रितेश खत्री, दिनेश घिमिरेको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज कर्मचारी वृतमा चलेको छ । अर्थ सचिव उपाध्यायले पत्नीको नाममा लाखौं कित्ता शेयर फुत्काएको बताइन्छ । यस विषयलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर मन्त्रालयमा तानिएका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर धनीहरूको आधिकारिक सूचीमा पशुपति मुरारका, शिरिश कुमार मुरारका, वेनु अग्रवाल, राजेश कुमार अग्रवाल, सुवास आचार्य, विक्रम न्यौपाने, भगवती उपाध्याय, सेन्ट्रम क्यापिटल प्रा.लि., सारथी क्यापिटल प्रा.लि., मोबिलोन ट्रेड इन्टरनेशनल प्रा.लि., रहिसा शाह(श्रेष्ठ), हुलास अटोक्राफ्ट प्रा.लि., विजवल्र्ड एडवाइजरी प्रा.लि., लियान मोर्टस प्रा.लि., मीना श्रेष्ठ, जय प्रकाश अग्रवाल यसैगरी साक्षी वसंल(गुप्ता), आकाश गुप्ता, दीनानाथ खण्डलवाल, रिसव रुंगटा, नीतु कयाल, प्रेम गुरुङ एण्ड गु्रुप प्रा.लि., लिला अग्रवाल, सुलोचना अग्रवाल, शरद गोल्छा, भरत गोल्छा, अभिज्ञान गोल्छा, प्रिन्टसेल इमेजिंग प्रा.लि., शुभम दुगढ, कृति अग्रवाल, अञ्जु भट्ट, प्रविना दाहाल, उदय नारायण भट्टराई, सीता भट्ट, विकास अग्रवाल, मिठु कार्की पनि रहेका छन् ।

त्यस्तै शारदा रिजाल, प्रेरणा जोशी, करुणा तुलाधर, उज्वल अग्रवाल, ललिका गोल्याण, ममत भेटवाल, सदिक्षा रिमाल, एक्सप्लोर इन्टरनेशनल प्रा.लि., आयुषा कार्की, दिपक भट्ट सञ्चालक रहेका छन् । यसैबीच मारवाडी व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेसँगै केही चल्तापूर्ता मारवाडी व्यवसायी देशै छाडेर भागेको बिषय बाहिरिएको छ । सरकारले हालैमात्र दिपक भट्टसँग जोडिएका शेखर गोल्छा, सुलभ अग्रवालहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको समयमा गिरिवन्धु टी स्टेट प्रकरणमा जोडिएका सामसुङ्ग मोवाइलका आधिकारिक विक्रेता दिपक मलहोत्रा मुलुकै छोडेर भागेको चर्चा छ । उनी सुन तस्करीमा समेत जोडिएका व्यक्ति हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *