काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय सम्हालेका छन् शरत सिंह भण्डारीले ।
भण्डारी तत्कालीन प्रचण्ड सरकारको पालामा पनि श्रम तथा रोजगार सामाजिक सुरक्षामन्त्री बनेका थिए । वैदेशिक रोजगारी क्षेत्रलाई त्यतिबेलादेखि वैदेशिक क्षेत्रलाई चलायमान बनाउन नसकेको आरोप लागेको थियो । भण्डारी तत्कालीन श्रममन्त्री हुँदा सचिव एकनारायण अर्याल र मन्त्री भण्डारीबीचको टसल भएकैकारण मन्त्री भण्डारीले काम नगरेको आरोप खेप्दै आएका थिए ।
भण्डारी र सचिवबीचको टसल त्यतिकै थियो । श्रम सचिव रहेका एकनाराण अर्यालले मन्त्री भण्डारीलाई पाखा पारेर एकछत्र रुपमा काम गर्दै आएका थिए । सचिव र भण्डारीबीचको टसलले गर्दा वैदेशिक रोजगार क्षेत्रमा राम्रो काम हुन सकेको थिएन । वैदेशिक रोजगार क्षेत्रमा काम हुन नसकेपछि सचिव अर्यालले व्यवसायीक संचालकहरुसँग मिलेमतो गरि कमाउ धन्दा जमाएको आरोप श्रम मन्त्रालयकै कर्मचारीहरुले बताउने गरेका थिए । श्रम सचिव अर्याल र मन्त्री भण्डारी कै टसलको कारण सचिव अर्याल श्रमबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए ।
अर्याल प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि श्रम सचिवमा केबल भण्डारीलाई ल्याइएको थियो। मन्त्री भण्डारी र श्रम सचिव भण्डारीको कार्यगत एकताकै कारण केही समय श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागमा मेनपावर व्यवसायी, मन्त्री, सचिवबीच सेटिङ्ग चलाएर भिजिट भिषामा नेपालीहरुलाई विदेश पठाउने काम हुँदै आएका थिए । तत्कालीन श्रम सचिव केवल भण्डारीको जागिरबाट अवकाश भएपछि मन्त्री भण्डारीको सेटिङ्ग बिग्रिन पुगेको थियो । त्यसपछि श्रम सचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको थियो । घनश्याम र मन्त्रीको समन्वयकारी भूमिका त्यति राम्रो नहुँदा वैदेशिक रोजगारी क्षेत्रमा व्यापक रुपमा भिजिट भिषाको नाममा मानव तस्करी भइरहेको थियो ।
मन्त्री भण्डारी र सचिव घनश्यामको टसल भएकै कारण सचिव घनश्यामलाई अन्यन्त्र सरुवा गरी सामान्य प्रशासन मन्त्रालयबाट मुकुन्द निरौलालाई श्रम सचिवमा सरुवा गरि ल्यइएको थियो । निरौला श्रमसचिवमा आएपछि मन्त्री भण्डारी र सचिव निरौलाबीचको सम्बन्ध घनिष्ट बन्दै गएको थियो । सम्बन्ध घनिष्ट मात्रै बन्दै गएको थिएन सेटिङ्गमा पनि त्यतिकै घनिष्ट सम्बन्ध बन्दै गएको थियो । सम्बन्ध घनिष्ट बन्दै गएपछि म्यानपावर व्यवसायी संघ र मन्त्री र सचिवको लेनदेनमा खट्पट् सुरुभएपछि सचिव मुकुन्द निरौलालाई अन्यन्त्र सरुवा गरी पुष्करहरि कर्णलाई श्रम सचिवमा ल्याइएको छ । अहिले पनि श्रम सचिव पुष्करहरि कर्णकै कारण भिजिट भिषामा नेपालीलाई अध्यागमन कार्यालयबाट विदेश पठाउने काम गरिन्छ । त्यसमा श्रम डेक्सका कर्मचारी, विभागका कर्मचरी र म्यानपावर व्यवसायीहरुको मिलेमतोमा भिजिट भिषाको सेटिङ् मिलाएका थिए । म्यानपावर व्यवसायीबीचको द्वन्द्वको कारण अध्यागमन कार्यालयका तिर्थ भट्राई विरुद्व म्यानपावर व्यवसायी संघकै केही पदाधिकारीहरुले अख्तियारमा उजुरी दिएर भट्राईलाई फसाउने काम भएको उच्च श्रोतले बताएको छ ।
अध्यागमन कार्यालयमा विगत लामो समयदेखि विवादीत् कर्मचारीहरु कार्यरत रहेका थिए । उनै कर्मचारीहरु र भट्राईबीच सम्बन्ध बिग्रिन पुगेको थियो । अध्यागमन कार्यालयका पुराना रैथाने कर्मचारी कै कारण म्यानपावर र व्यवसायीहरुकोबीच द्वन्द्व विगत लामो समयदेखि चलदै आएको थियो । भिजिट भिषाको नाममा म्यानपावर, संचालक, विभागका कर्मचारी, श्रम डेक्सका कर्मचारीबीच सेटिङ्ग चल्दै आएको थियो । हालपनि वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्राई र श्रम सचिव पुष्कलहरि कर्णको सेटिङ्ग भइरहेको श्रोतले उल्लेख गरेको छ ।