काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालकोे उमेर हदको कारण जागिरे अवधि आगामी मंसिर ९ गते सकिँदै छ । अर्यालले जागिरे अवधि लम्ब्याउन र कुलिङ पिरिएड लागु नगर्न संसद्देखि विभिन्न राजनीतिक दलनिकटका संगठनहरुमा खेल्दै आएका थिए । अर्यालयको त्यो हर्कत सफल हुन सकेन । यदि कुलिङ फिएड लागु भएको थियो भने उनी अख्तियार प्रमुख बन्ने दाउमा थिए ।
अर्यालको त्यो योजना फेल खाएको थियो । संघीय निजामती ऐन ल्याएर जागिरे अवधि लम्ब्याउने तरखरमा लागिपरेका थिए । त्योसँगै निजामती ऐन पनि पारित भएको थियो । तर, गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनले गर्दा संघीय निजामती ऐन पनि खेरा गयो । त्यसले गर्दा उनको जागिरे अवधि लम्बिन सकेन ।
त्यसपछि जेनजी पुस्ताको आन्दोलनले गर्दा गत भदौ २७ गते नागरिक सरकार गठन भएसँगै अर्यालले नयाँ सरकारलाई जोश र जाँगरको साथ सफल बनाउन लाग्नुपर्छ भन्दै सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर बैठक गरेका थिए । सो बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नदिएर सबै कर्मचारीको हातखुट्टा बाध्ने काम गरेको आरोप लगाएका थिए ।
त्यसकारण अहिलेको नागरिक सरकारलाई हामी सबै कर्मचारीहरु मिलेर सहयोग गरी सफल बनाउनुपर्छ भनेर उर्दी जारी गरेका थिए । त्यो उर्दीसँगै अर्यालले १० हजारभन्दा बढी कर्मचारी दरबन्दी कटौती गर्ने, करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई जागिरबाट हटाउने र खर्च बचत हुने आश्वासन प्रधानमन्त्री शुशिला कार्कीलाई दिएका थिए । तर, उनको त्यो आश्वासन हप्तादिन पनि टिक्न सकेन । यसरी अर्यालयका हरेक सपना चकनाचुर हुँदै गएका छन् ।
मुख्यसचिव अर्यालको योजना चकनाचुर भएसँगै भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप पनि उनीमाथि लाग्न थालेको छ । अर्याललाई निजामती किताब खानाको महानिर्देशक हुँदा दुई करोड बजेट माग गरी त्यसको २० प्रतिशत बजेट कमिसन खाएको आरोप थियो । त्योसँगै अर्याल कलकत्ताको वाणिज्य दूत बन्दा पनि करोडौं रुपैयाँ कमाउन सफल भएका थिए ।
त्योसँगै अर्यालले काठमाडौं महानगरपालिकामा बस्दा करोडौं रुपैयाँ हिनामिना गरेको महानगरभित्रकै कर्मचारीहरुले नाम उल्लेख नगर्ने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् । त्यसपछि अर्याल महानगरबाट संघीय मामिलाहुँदै श्रममा पुगेका थिए । अर्यालले श्रम सचिव रहँदा वैदेशिक रोजगारीमा सुधार ल्याउने नाममा म्यानपावर सञ्चालकहरुसँग मिलेमतो गरी ठूलो धनराशी हात पारेको म्यानपावर सञ्चालकहरुको भनाइ छ ।
त्यसैगरी श्रममन्त्री शरदसिंह भण्डारी र सचिव अर्यालयको भागबण्डा नमिलेर विवाद सिर्जना भएपछि श्रमबाट अर्याल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । अर्याल प्रधानमन्त्री कार्यालयमा ६ महिना बसेका थिए । प्रधानमन्त्री कार्यालयमा ६ महिना बस्दा पनि अनावश्यक विदेश भ्रमण गर्नेदेखि आफ्ना मान्छेलाई मालदार अड्डामा सरुवा गरेर आर्थिक लाभ लिएको कर्मचारीहरुले आरोप लगाइरहेका छन् । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने गृहमन्त्री भएका थिए भने डिपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए ।
डिपी अर्यालयकै जोडबलमा एकनारायण गृहसचिव बन्न सफल भएका थिए । गृहसचिव सचिव भएपछि अर्यालयले सिडिओदेखि प्रहरी सरुवामा ठूलो आर्थिक चलखेल गरेको आरोप पनि लागिरहेकै थियो । रास्वपाको भक्त भएर गृहसचिव बनेका अर्यालय फेरि एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भक्त भएर मुख्य सचिव बन्न सफल भएका थिए । तीनै अर्यालले ओलीलाई थोका दिँदा आज देशले धनजनको ठूलो क्षति बेहोर्नुपरेको कर्मचारीभित्र चर्चा छ ।
ओली र रवि भक्ता हुँदै आएका अर्यालय फेरि अहिले जेनजी पुस्ताको आन्दोलनको आडमा प्रधानमन्त्री बनेकी शुशिला कार्कीको भक्त हुन पुगेका छन् ।
भ्रष्टाचारीलाई खोजीखोजी कारबाही गर्ने नारा लिएर बनेको कार्की नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न आरोप खेपिरहेका अर्याललाई कस्तो कारबाही गर्ने हो भन्नेहरु कर्मचारीवृत्तमा त्यत्तिकै छन् । उता, जेनजी पुस्ताले तत्कालीन मन्त्री र नेताहरुको मात्रै नभएर पूर्वदेखि बहालवाला उच्च पदस्थ कर्मचारीहरुको समेत सम्पत्ति छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवाज उठाइरहेका छन् । विभिन्न मालदार ठाउँमा बस्दै मुख्यसचिव समेत भएर अकुत सम्पत्ति आर्जन गरेका अर्याललाई यो नागरिक सरकारले कस्तो कारबाही गर्ने हो भन्नेहरुको लर्को त्यत्तिकै छ ।
