सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन

मधेस प्रदेश समाचार

काठमाडौं । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मृत्यु भएकी एक युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ ।
चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय हिजो मंगलबार नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी दिँदा समेत नलिएको उनको आरोप थियो ।यता प्रहरीले भने अनुसन्धान नै नभएको भन्ने विषयलाई अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले अनुसन्धान भइहरेको दाबी गरेका छन् ।
नवराजपुर गाउँपालिका–३ जगतपुरकै २२ वर्षीय सञ्जिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर बलात्कारको प्रयास गरेको आरोप छ । उनीहरु दुवै जना भागेर भारत पुगेकाले पक्राउ गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *