काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन् ।
आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयतर्फ इंकित गर्दै विधान महाधिवेशनमा यस्तो विषय नउठ्ने बताएका हुन् ।
तर, उनले पूर्वराष्ट्रपति भण्डारीको नाम भने लिएनन् । प्रधानमन्त्री ओलीले विधानमा प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा समूहगत छलफल गर्न समय दिएको भन्दै त्यसमा पर्याप्त छलफल गर्न आग्रह गरेका थिए ।

