विगत लामो समय वन क्षेत्रमा क्रियाशिल थिएँ । २०६० देखि २०७४ सालसम्म एक संस्थाको नेतृत्व गर्ने मौका पाएँ । स्थापना बेलामा त्यो संस्थाको नाम ‘सामुदायिक वन सहयोगी सञ्जाल, नेपाल (कफसन नेपाल’ थियो । दोस्रो महाधिवेशन (२०६५) बाट नाम फेरिएर ‘समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, नेपाल’ भएको छ । त्यो संस्थाको संस्थापक अध्यक्ष हुने मौका मिल्यो । लगातार ३ कार्यकालसम्म राष्ट्रिय अध्यक्ष हुने अवसर पाएँ । त्यस अवधीमा देश विदेश पुग्ने नेटवर्किङ्ग गर्ने अबसर भयो । यो साता त्यस संस्थाको ३ वटा फरक फरक गतिविधिमा सहभागी हुने मौका मिल्यो । हेटौंडा, सिन्धुलीको मरिण र काठमाडौंमा भएका गतिविधिमा सहभागी भएँ ।
राजनीतिक कुरा
विगत ३,४ वर्ष देखि नेकपा एमालेको भीमेश्वर नगर कमिटीमा रहेर राजनीतिक कर्ममा क्रियाशिल भैरहेको छु । चरिकोटमा प्रायजसो एकै खाल्का कामहरु हुन्थ्ये । पार्टीगत गतिविधिहरु खास गरि वैठक, प्रशिक्षण, भेला अन्तरक्रिया हुने गर्दथ्ये । यी भनेका दलिय गतिविधिहरु हुन् । तर यसपटक पार्टी कमिटीले सार्वजनिक चासोको विषयमा सर्वपक्षिय संवाद आयोजना गरेको थियो । चरिकोट बजारमा ढल निर्माणाधिन रहेको छ । सो माथि विभिन्न जिज्ञासा रहेका तर ती विषय राख्ने उपयुक्त स्थान नपाएको गुनासो आएकोले नेकपा एमाले भीमेश्वर नगर कमिटीले ‘दिगो तथा जनमैत्री विकासः हाम्रो सरोकार’ नामक संवाद श्रृखला सुरुवात गरेको छ । पहिलो श्रृखला ढलको सवालमा थियो । यस्ता सवालगत संवादलाई निरन्तरता दिने सोच रहेको छ ।
राजनीतिक दलको संरचनाले फरक प्रकृतीको काम गरेको भनी धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । यसता संवादलाई थप प्रभावकारी बनाउनु पर्ने छ । समृद्धिका सवालमा पनि राजनीति गर्नु पर्दछ भन्ने मान्यता रहेको छ । राजनीति भनेको रुपान्तरणका विषयहरु हुन् । समृद्धिका काम हुन् । कुनै पनि विकास निर्माण सवैले अपनत्व लिनु पर्दछ । अपनत्व लिनकोलागि अधिकारवालाहरुको संलग्नता जरुरी हुन्छ । यसकालागि संवाद आवश्यक पर्दछ । चरिकोटमा भएको संवाद केन्द्रीत विषयका वारेमा यस स्तम्भमा छुट्टै श्रृखला बनाउने छु । चरिकोटमा संवाद, वडा कमिटीका सचिवलाई पदिय जिम्मेवारीकालागि क्षमता अभिवृद्धि प्रशिक्षण र शैलुङ्ग गाउँपालिकामा पार्टी प्रशिक्षणमा संलग्न भएर माघ १९ गते अबेर काठमाडौं आइपुगें ।
हेटौडा यात्रा
चरिकोटबाट आएको भोली पल्ट माघ २० गते हाम्रो टोली वागमती प्रदेश राजधानी हेटौडा तिर लाग्यौं । हाम्रो टोलीमा समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, नेपाल (कफ्सन नेपाल) का केन्द्रीय अध्यक्ष विना श्रेष्ठ, महासचिव श्यामकृष्ण श्रेष्ठ, पूर्व बरिष्ठ उपाध्यक्ष अजयविक्रम मानन्धर र म थियौं । चन्द्रागिरी तर्फको सडकबाट गएका थियौं । यो हामी सबैकोलागि नौलो थियो ।
माघ २१ गतेका दिन श्रीपञ्चमी । विधार्थीहरुले सरस्वतीको पूजा गर्ने दिन । विहानैं उज्यालो नहुँदै श्यामकृष्ण श्रेष्ठ र म हिड्न निस्क्यौं । वन विज्ञान अध्ययन संस्थानमा पुथ्यौं । त्यहाँ डा योगेन्द्र यादबसँगै निस्केर उहाँका अवकाश प्राप्त गुरुहरुसँग भेटघाटमा लाग्यौं । लक्ष्मण सुन्दर श्रेष्ठ र सुखदेव चौधरीसँग उहाँहरुकै निवासमा गफगाफ गरियो । सुकदेव चौधरी अलि अस्वस्थ पनि हुनुहुँदो रहेछ । केही सन्तानका धनी उहाँको दम्पती हेटौडामा वस्नु हुँदो रहेछ । उहाँका २ छोरा मध्ये जेठो अमेरिका वसोवास गर्नुहुन्छ । कान्छो छोरा शैलेन्द्र चौधरी पनि धेरै वर्ष युरोप तिर वस्नु भएको रहेछ । तर अहिले शैलेन्द्र नेपालमा नैं फर्केर यहि स्थापित हुन लाग्नु भएको छ । उहाँ युरोपमा नैं वस्न सक्ने अवस्था हुँदाहुँदै पनि नेपाल फर्केर त्यसमा पनि हेटौडामा वुबा आमाको साथमा वस्नुलाई अलि अनौठो मानियो । यस विषयमा अर्को छुट्टै लेख लेख्ने नैं छु ।
जैविक विविधताको रणनीतिको परामर्श
हाम्रो यात्राको दोस्रो दिन अर्थात माघ २१ गते वन तथा वातावरण मन्त्रालयको आयोजनामा युएनडिपीसँगको सहयोगमा प्रदेश वन निर्देशनालय हेटौडा र कफ्सन नेपाल समेतको सहकार्यमा ‘जैैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन’कोलागि वागमती प्रदेश स्तरीय परामर्श कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमका अध्यक्षता प्रदेश निर्देशनालयका निर्देशक डा. विद्यानाथ झाले गर्नु भएको थियो । पुनराबलोकन कार्यदलका टिम लिडर एवं पूर्व वन सचिव डा. कृष्णचन्द्र पौडेलले प्रस्तुती गर्नु भएको थियो । परामर्श कार्यक्रममा अधिकारवाला, सरोकारवालाहरुको करिब १ सय जना जतीको सहभागीता रहेको थियो ।
हेटौडाको एभोकाडो होटलमा भएको यो कार्यक्रममा अब वन्ने जैविक विविधता रणनीतिमा समेट्नु पर्ने विषयका बारे सुझावहरु प्राप्त भएका छन् । ती सुझावहरु लेखन कार्यदले मस्यौदामा समावेश गर्ने छ । मस्यौदा रणनीति पुनः प्रदेश स्तरीय छलफलमा ल्याउने कार्यक्रम रहेको छ । कार्यक्रमको स्वागत मन्तव्य कफ्सन नेपालको अध्यक्ष विना श्रेष्ठ र सहजिकरण कफ्सन नेपालका विज्ञहरुवाट गरिएको थियो ।
रणनीति निर्माणकालागि परामर्श गर्न हिडेको टोली नवलपरासी तिर लाग्यो । हामी विना श्रेष्ठ, अजयविक्रम मानन्धर र म पूर्व लाग्यौं । अबको हाम्रो गन्तव्य थियो, सिन्धुली जिल्लाको मरिण । हामीसँगै पूर्व वन सचिव डा. कृष्णचन्द्र पौडेलको टिम पनि अर्को गाडीमा थियो ।
हामी हेटौडा बजार हुँदै पूर्व लाग्यौं । सडक फराकिलो, गाडीमा दौडदा पनि आनन्द लाग्ने । हेटौडा बजारबाट हिडेको केही मिनेटमा नैं फाष्ट ट्रयाक खन्दै गरेको ठाउँमा पुगियो । केही बेर रोकियौं । वढ्यौं । हामी वागमती नदीमा पुग्यौं । नदीमा मकै खेती छ भन्ने कुरा डिभिजनल वन अधिकृत अजयविक्रम मानन्धरसँगबाट सुन्यौं तर खासै दिमाखले वुझ्न सकेन । भोली हेर्ने कुरा गर्दै यात्रा जारी राख्यौं । साँझ पर्नै लागिसकेको थियो । सडकको नजिककै रहेको महेन्द्र झ्याडी सव डिभिजन वन कार्यालयको भवनको प्राङ्गणमा हाम्रो गाडी छि¥यो ।
सव डिभिजन प्रमुख वन अधिकृत गणेश पुरीले हामीलाई स्वागत गर्नु भयो । पूर्व वन सचिव सहितको हाम्रो टिमलाई स्थानीय दुधको गिलासबाट स्वागत गर्नु भयो । केही बेर कुराकानीमा अल्मलिए पछि हामी अझै पूर्व तिर लाग्यौंं । अबको गन्तव्य थियो, डिभिजन वन कार्यालय मरिण । त्यहाँ पुग्दा झमक्कै साँझ परिसकेको थियो । डिभिजनल वन अधिकृतले हामी सवैलाई खादा ओडाएर स्वागत गर्नु भयो । नास्ताको व्यवस्थापन रहेछ । खायौं । हामी त्यही वस्यौं । पूर्व वन सचिवको टोली अझै पूर्व लाग्नु भयो ।
प्लाष्टिक व्यवस्थापन
माघ २२ गते प्लाष्टिक व्यवस्थापन सम्वन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो । महेन्द्र झ्याडी सव डिभिजन वन कार्यालयको प्राङ्गणमा आसपासका सामुदायिक र कवुलियती वनका उपभोक्ताहरुको वाक्लो उपस्थीति थियो । व्यानर र सूचना तथा जानकारीमूलक प्लेकार्ड सहित नजिकको वजार तिर ¥याली लाग्यो । नारा लागेको थियो । ¬‘सामुदायिक वन कसतो छः हेरौं हेरौं जस्तो छ’, कबुलियती वन कस्तो छः बसौं वसौ जस्तो छ’, ‘प्लाष्टिकको प्रयोगः कम गरौं’ वन डढेलोः बन्द गरौं’, ‘जैविक विविधताः संरक्षण गरौं’ जस्ता नारा लगाइएको थियो । नजिककै प्रहरी कार्यालयले समेत व्यानर सहित ¥यालीमा सहभागी जनाएको थियो ।
-याली सहित स्थानीय वजार परिक्रममा गरी पुन सव डिभिजन वन कार्यालयको प्राङ्गणमा सचेतना सभा सञ्चालन भयो । कार्यक्रमको सञ्चालन सवडिभिजन वन प्रमुख वन अधिकृत गणेश पुरीले गर्नु भएको थियो । अध्यक्षता आयोजक संस्था कफ्सन नेपालका अध्यक्ष विना श्रेष्ठ गर्नु भएको थियो । प्रमुख अतिथि हरिहरपुर गढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा हुुनुहुन्थ्यो । विशेष अतिथी भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइराला, डिभिजनल वन अधिकृत अजयविक्रम मानन्धर, मालपोत अधिकृत निर वहादुर दाहाल, नापि कार्यालय प्रम्ख आशिष चालिसे, हरिहरपुर गढि गापाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकार, वडा अध्यक्षहरु लगायत २ सयको हाराहारीमा वन उपभोक्ताहरुको सहभागीता रहेको थियो ।
यस सचेतना सभाबाट पातलो प्लाष्टिकको प्रयोगमा न्यूनीकरणमा जानकारी प्रवाह भएको छ । यस सभामा उपस्थीतलाई खाजाको व्यवस्था गरिएको थियो । खाजा थालमा थिएन, प्लेटमा पनि थिएन, टपरामा थियो । टपराको खाजा खाएपछि डस्टविनमा राखियो । फोहोर नगर्ने प्रतिवद्धताको यहि प्रयोग भयो ।
सभापश्चात हामी नजिकै रहेको हरिहरपुर गढिमा गयौं । त्यही गढिको नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । गढि पुग्न राजमार्गबाट ८ किमी उत्तर तर्फबाट कच्चीबाटो प्रयोग गर्नु पर्दछ । फर्कदा वागमती नदीमा गरिएको मकै खेतीको अवलोकन गर्न गयौं । मकै खेती गर्ने केही किसानसँग भेटघाट भयो । खोलामा खेती अनौठो छ । यसको वारेमा छुट्टै लेख्न सक्ने गरी सामाग्री संकलन गरें । बेलुका मरिण बास वस्यौं । माघ २३ गते काठमाडौं आयौं । जडिवुटी नरेफाँटबाट माघ २० गते सुरु भएको यात्रा चन्द्रागिरीको बाटो हुँदै हेटौंडा अनी सिन्धुलीको मरिण, खुर्कोट, धुलिखेल हुँदै माघ २३ गते बेलुका नरेफाँटमा पुगि टुङ्गियो । सेल रोटीको आकारको यात्रा रह्यो । कफ्सन नेपालको स्थापना दिवसमा शुभकामना आदान प्रदान पछि दोलखा फर्कनु पर्ने छ ।कफ्सन नेपालको स्थापना दिवस
माघ २५ गते कफ्सन नेपाल स्थापना भएको दिन । २१ वर्ष भएछ, कफसन नेपाल स्थापना भएको । त्यस संस्थाको स्थापना दिवसको सन्दर्भमा एक संवाद कार्यक्रम आयोजना गरिएको थियो । नेपाल वन प्राविधिक संघको सभाहलमा आयोजित कार्यक्रममा वन क्षेत्रका सरकारी तथा गैरसरकारी क्षेत्रका पदाधिकारीहरुको उपस्थीति थियो ।
सामुदायिक वन कार्ययोजनाको सवालमा संवाद गरिएको थियो । कार्ययोजनाको अवधी सकिएका सामुदायिक वनको संख्या ३० देखि ४० प्रतिशत रहेको, ठुला ठुला ठेली वन कार्ययोजना वनाउने गरिएको, कार्ययोजना निर्माणमा सरल उपाय खोजिनु पर्ने विषयमा चर्चा भयो । विद्यमान वन ऐन र नियमावलीले कार्ययोजना विहिन सामुदायिक वन हुन्छ भन्ने कल्पना नगरेको विषय समेत उठे ।
अन्त्यमा, यो साता वन क्षेत्रसँग सम्वन्धीत भैं विभिन्न कार्यक्रममा सहभागी हुने मौका मिल्यो । आफ्ना विचार राख्ने मौका पाएँ । अरुका कुरा सुन्ने मौका मिल्यो । यसबाट मलाई वन क्षेत्रका विषयमा सवालगत अपडेट हुने मौका मिल्यो । यो वातावरणकालागि कुनै बेला आफुले नेतृत्व गरेको संस्था कफ्सन नेपाललाई धन्यवाद । स्थापना दिवसको अवसरमा शुभकामना पनि ।