वैदिक सनातनी हिन्दूधर्म अनुसार शंख र घण्टलाई सत्रु र रोग नासक मानिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टलाई नै आफ्नो चुनाव चिन्ह बनाएर राजनीतिको मैदानमा उत्रिएकाछन । स्थापना भएको तीन महिना भित्र नै आमचुनाव लडेर नेपालको तेस्रो ठुलो राष्ट्रिय दलको रुपमा उदाएको छ । पुराना स्थापित दलहरुको लागि यो कुरा अहिले सम्म हजम नभएको हुँदा सकसमा छन् । माओवादी केन्द्रका शीर्ष नेता प्रचण्डले यसलाई समय सापेक्ष नै मानेर राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया रबि लामिछानेलाई नेपालको राजनीतिमा उचित भूमिका दिने प्रयास गरेकाछन । तर यहि कुरा एमाले दलका शीर्ष नेता प्रधानमंत्री ओलीलाई अहिले सम्म पनि पचेको छैन ।
त्यसैले सम्पूर्ण राज्यको संरचनाहरुलाई नै रबि लामिछाने बिरुद्ध परिचालन गरी नेपालको राजनीतिमा बढ्दै गएको रवि लामिछानेको प्रभावलाई निष्तेज पार्ने प्रयास थालेकाछन । नेपाली जनता खासगरी युवापिढीलाई एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले गरेको यस्तो राजनीतिक दुव्र्यवहार पटक्कै मन परेको छैन । नेपाली जनतालाई कसैले भगवानको रुपमा मानेर जनार्दन भन्छन भने केहि दलका प्रशिद्ध नेताहरुले नेपाली जनतालाई भेडो पनि भनेकाछन । तर जे भने पनि नेपाली जनता यतिबेला भेडो समान बनेर रबिको बचावमा लगीरहेका छन् ।
ओली सरकारको रबिलाई भ्रष्टाचारी ठहर्याएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बर्बाद पार्ने नीतिको घोर बिरोध गर्दै आएकाछन । दलका सम्पूर्ण भ्रष्टाचारी राजनीतिज्ञहरु देखि लिएर निजमातीका हाकिमहरु र कर्मचारीहरु समेत पनि एक ढिक्का भएर नेपाली जनताको लोकप्रिय नेता रबि लामिछाने बिरुद्ध खनिएकाछन । यस्तो सरकारी एकोहोरो दबाबमा पर्दा पनि नेपाली राजनीतिका उदियमान नयाँ सीतारा रबि लामिछाने साह्रै नै ज्यात्थ्रो निस्केका छन । उहाँले आफु माथि भईरहेका सबै सरकारी अन्याय र अत्याचारहरुलाई हाँसी हाँसी सहेकाछन । यो मामलामा रबि लामिछानेको धर्यधारणलाई राजा ज्ञानेन्द्रको धर्यधारण कै बराबरी मान्नु पर्छ ।
राजा ज्ञानेन्द्रले पनि दलहरु सबै मिलेर नेपाली जनताको मनमष्तिकमा भ्रम श्रृजना गरी आफुलाई राजाको पद त्याग गर्न दबाब हालेको बेला यस्तै समान धर्यधारण देखाएका थिए । राजा ज्ञानेन्द्रले त्यो बेला देखाउनु भएको धर्यधारणले गर्दा नै आज आएर उहाँ एकपल्ट फेरि नेपाली जनताको मनमष्तिकमा राजगर्दै दलहरु सबैलाई झुटा साबित गरीदिएका छन । त्यो बेला राजा ज्ञानेन्द्रले शान्तिको पक्षमा गरेको राजपाठको त्यागले अहिले रंग ल्याएको हुँदा नेपालको राजनीति र नेपाली जनताको जीवनमा राजतन्त्रको प्रभाव झन गाढा भएकोछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया रबिले पनि समान प्रकारको धर्यता देखाईरहेको हुँदा नेपालको राजनीतिमा उहाँको प्रभावलाई झनै बढाईदिएको छ । उहाँको धर्यतायुक्त प्रभावशाली नेतृत्वको क्षमतालाई देखेर नेपाली जनता उहाँको व्यक्तित्व देखि नतमष्तक भएकाछन । उहाँलाई पटक पटक भोट हालेर चुनाव जिताएका चितवनको आम नेपाली जनताले उहाँलाई अदालतले तोकेको धरौटी बुझाउनको लागि आआफ्नो हातमा लालपुर्जा लिएर जुलुशमा सहभागी भएको दृश्य साह्रै नै मनमोहक र रोमाण्चक नै देखियो । ओली सरकारले उहाँलाई जेलमा नै सडाउनको लागि गरेको अनेकौं प्रयासबाट पनि नेपाली जनता बिचलित भएका छैनन् ।
नेपाली जनता र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया रबि लामिछानेको बिचको माया प्रेम झन झन गाढा भएर बढेको देखिन्छ । तीन महिना अघिको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता कैयौं गुणाले बढेको छ । ८४ को आम चुनाव जित्नको लागि अनेकौं हतकण्डा मचाउँदै योजना बनाएर लागेका एमालेका शीर्ष नेता प्रधानमंत्री ओली र नेपाली काँग्रेसका शीर्ष नेता शेर बहादुर देउवाको सपना अब पुरा हुन मुस्किल छ । चुनाव खर्चको जुगाड गर्न एमाले र नेकाको भविष्यलाई नै दाउमा राखेर माडवाडी व्यापारीहरु र व्यवसायीहरुको भरिया बन्दै हिडेका शीर्ष नेता द्वयलाई हिस्स पार्ने तयरी राष्ट्रिय स्वतन्त्र पार्टीको मुखिया रबि लामिछानेले पुरा गरीसकेका छन ।
स्थापित दलका नेताहरुले अहिले सम्म गरेका भ्रष्टाचारको फेहरिस्त यति लामो छ कि त्यसको भर्पाई गर्न भ्रष्ट नेताहरुको यो जन्मले नपुगेर अर्को जन्म पनि नेपालमा नै लिनु पर्ने हुन्छ । दलका शीर्ष नेताहरु आफै महाभ्रष्टाचारी छन अनि त्यसको आरोप भने उदियमान नेता रबि लामिछाने माथि लगाएर कानुनी कार्यबाही चलाउने किन ? नेपाली जनताले सबैले बुझीसकेका छन कि दलका शीर्ष नेताहरुले रबि बिरुद्ध लगाएको भ्रष्टाचारको आरोपहरु र चलाएको कानुनी कार्यबाहीहरु सबै उनी बिरुद्धको राजनीतिक प्रतिसोध नै हो ।
अहिले देखीएका मिटरव्याजी ठगीको समस्या, सहकारी ठगीको समस्या, लघुवित्त र वित्त कंपनीहरुको ठगीको समस्या, निजी बैंकहरुको ठगीको समस्या, निजी अस्पतालहरुको ठगीको समस्या, निजी स्कुलहरु, कलेजहरु र विश्वविद्यालयहरुको ठगीको समस्याहरुको पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीको मुखिय रबि लामिछानेको कुनै हात छैन । त्यो सबै दलहरुले नेपाल राष्ट्रमा अवलम्बन गर्दै आएको गलत नीतिहरु र र आर्थिक नीतिहरुको नै परिणामहरु हुन । त्यसबाट हुने र पहिले भईसकेका सबै भ्रष्टाचारहरुको लागि तीन प्रमुखदलका शीर्ष नेताहरु नै सबै प्रकारले जिम्मेवार छन । त्यो सबै नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्रबाट उत्पन्न भएका समस्याहरु हुन ।
दलहरुले नेपालको बजारलाई स्वतन्त्र बनाउन सकेन भने नेपालमा कानुनी राजको स्थापना गर्न पनि नराम्रो सित चुकेकाछन । कम्युनिष्ट शिद्धान्त ग्रहण गरेकाले आर्थिक नीति भने अमेरिकाको अपनाएको हुँदा नेपालका एमाले र माओवादी दलहरु नराम्रो सित असफल भएका हुन ।
नेपाली काँग्रेस को के कुरा गर्ने त्यो पार्टीले बी.पी. को समजावादी सिद्धान्तलाई लात मारेको धेरै पहिले देखि नै हो । त्यस्ता दलले नेपालमा अपनाएको नवउदारवादी अर्थतन्त्रलाई जस्ताको तस्तै अपनाएको हुँदा कम्युनिष्ट नामधारी एमाले र माओवादीको कन्तबिजोग नै भईसकेको छ । त्यो सबै आफैले गरेको गल्तीहरुको ढाकछोप गर्ने र अनेकौं भ्रष्टाचारका काण्डहरुलाई दबाएर आफैलाई सुरक्षित बनाउन ज्यान फालेर लागेका दलका शीर्ष नेताहरुको निद राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रबिलामीछानेको उदयले हराम पारी दिएको हुँदानै रबि लामिछाने बिरुद्ध उहाँ शीर्ष नेताहरु लाजै पचाएर लागेका हुन । तर नेपाली जनताको असीम प्यार र साथ पाएका रबि लामिछानेलाई दलका शीर्ष नेता द्वयले केही नाप्न सकेको छैन बरु उल्टै उहाँहरु नेपाली जनताको समक्ष नाङ्गेझार हुँदै पुरै खुईलिने अवस्थामा पुगेकाछन ।
पञ्चायत कालमा कहलिएको जुझारु गाण्धीवादी सत्यवादी ९५ बर्ष पुगेकी नेतृ सुश्री भद्र कुमारी घले ज्यूले पनि रास्वपा मुखिया रबि लामिछानेलाई राज्यपक्षबाटै सुनियोजित र प्रायोजित तवरले दुःख दिएको समचार टेलीभिजनमा देखीसकेपछि ओली सरकारको काम कार्यबाही प्रति असहमति जनाएकी छिन । साथै राबि लामिछानेको समर्थनमा आफ्नो घरजग्गाको लालपुर्जा नै लिएर उर्लिएको चितवनको जनसागरलाई देखेर उहाँ स्वयम पनि चकित हुनु भएकोछ । यस्तो लोकप्रिय युवा पञ्चायत कालको के कुरा अहिले पनि अर्को नभएको शताव्दीको संघारमा पुगेकी बयोबृद्ध नेतृ सुश्री भद्रा घलेले दाबीको साथ जानकारी दिनु भयो ।
यसै सिलसिलामा शताव्दि पार गर्न लागेकी नेतृ सुश्री भद्रा कुमारी घलेले राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया रबि लामिछानेलाई आफ्नो लामो तपस्याबाट प्राप्त दैविय शक्तिलाई प्रयोग गरी आशीर्वादको साथसाथ नेपालको राजनीतिमा सफलताको शुभकामना दिनु भयो । नेपाली जनता यतिबेला संघियता र गणतन्त्र कै राजनीतिक विकल्प खोजी रहेकाछन । तर उचित राजनीतिक नेतृत्वको अभावमा सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको सोमहत्वपूर्ण आकंक्ष पुरा हुन दलहरुले रोकी राखेकाछन । दलहरुको संघियता र गणतन्त्रको तुलनामा नेपाली जनताले पहिलेको राजतन्त्र र पञ्चायती राजनीतिक व्यवस्थलाई नै राम्रो मानेका छन ।
राजतन्त्रको साथ साथ वैदिक सनातनी हिन्दूधर्मलाई नेपालमा फर्काउने अभियानले सक्षम राजनीतिक नेतृत्व पाउन नसक्दा अलमलमा परी राखेकोछ । ठुलो संख्यामा नेपाली जनताले राजा आउ देश बचाउ भन्ने नरा लगाउँदै स्वईच्छाले नेपाली जनताको हितमा राजपाठ त्यगेर आराम गरी बसेका राजालाई सक्रिय राजनीतिमा फर्केर नेतृत्व लिन अनुरोध गरीरहेकाछन । नेपालको राजा सबै नेपालीको साझा भएको हुँदा राजले अहिले सम्मा सबै राजनीतिक दलहरु देखि टाढा भएर आफ्नो जीविकाको व्यवसायमा मात्रै ध्यान केन्द्रित गरी बसेकाछन । सुरु देखि नै राजतन्त्र र वैदिक सनातानी हिन्दूधर्म हिमायती मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सित समेत राजाले समान दुरी कायमगरी तठस्त बसेकाछन ।
नेपालमा यस्तो राजनीतिक सन्तुलन कायम रहेको बेलामा ठुला दलहरुले राजाबाट भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको मुखिय राबिबाट आफ्नो निरन्तर राज्यसत्तालाई खतरा महसुस गरीरहेकाछन । राजतन्त्रवादी र वैदिक सनातनी हिन्दूधर्मवादीहरुलाई दलका शीर्ष नेताहरुले टेरपुच्छर लगाएको छैन । दलहरु आफैले निर्माण गरेको भ्रष्टाचारजन्य फोहरको डंगुर वरिपरि घुम्ने झिङा जस्तो मात्रै राजतन्त्रवादी र वैदिक सनातनी हिन्दूधर्मवादीहरुलाई ठानीरहेका छन ।
त्यसकारण राजतन्त्रवादी र वैदिक सनतानी हिन्दूधर्मवादीहरुले एकले आर्कालाई आफ्नो पुरक मान्दै सक्रिय नेतृत्वमा फर्किनको लागि राजलाई बिश्वास दिलाउने प्रयास गर्नुपर्छ । संघियता र राजतन्त्र नयाँ भरिया बन्न तयारीको साथ आएको रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि त्यसो नगर्न मनाएर नेपालको वर्तमान राजनीतिक समस्याको निकास वा विकल्प खोज्न सकिन्छ ।