काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको पाँच सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुआत गरिएको छ ।
किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखाकाले जानकारी दिएको हो । मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई दुई हजार दुई सयवटा ओखरका बेर्ना वितरण गरिएको छ । भने गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा १० लाख रुपैयाँ र ढुवानीका लागि मात्रै एक लाख रुपैयाँ भन्दा बढी खर्च गरेर ल्याई किसानलाई वितरण गरेको हो ।
किसानहरुलाई वितरण गरिएको ओखरका बेर्नालाई १० मिटरको फरकमाखाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी चारवटा ‘प्लट’ बनाएर किसानहरुले रोप्न सुरु गरिसकेको कृषि शाखाले जनाएको छ । साथै अहिले लगाइएको विरुवाले करिब चार बर्षपछि उत्पादन दिन सुरु गर्ने बताएको छ । ।