काठमाडौं । आहारारा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण आजसुरु हुँदैछ।
पहिलो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे पोखरा रंगशालामा भिड्ने छन् । ६ पटकको च्याम्पियन पुलिस चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ। उता चर्च ब्वाइज पनि पुलिसलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ।
भोलि हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन ३ गते हुनेछ। उज्वेकिस्तानको ब्लकबुल्सले हिजो भएको अन्तिम क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट्सलाई पाखा लगाउँदै थ्रीस्टारसँगको भेट पक्का गरेको हो।