आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुने, विगतको तुलनामा करिब आधा छोटो रहने

विविध समाचार

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा वाचन गरेर सार्वजनिक गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । विगतमा संसदमा राष्ट्रपतिले डेढ घण्टा वाचन गर्ने गरिएको थियो तर यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा करिब आधा छोटो हुने भएको छ । साथै लम्बेतान नीति तथा कार्यक्रम भन्दा सर्वसाधारणले बुझ्ने र सरकारले पूरा गर्नसक्ने विषयलाई मात्र कार्यक्रममा समेटिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *