भारतले आगामी सेप्टेम्बरदेखि जातिगत जनगणनाको प्रक्रिया शुरु गर्दै, झण्डै एक सय वर्षपछि हुँदै

विविध समाचार

काठमाडौं । भारतले आगामी सेप्टेम्बर महिनादेखि जातिगत जनगणनाको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ ।

जनगणना सम्पन्न गर्न १८ महिना लाग्ने र त्यसको नतिजा सन् २०२६ मा सार्वजनिक हुने अनुमान गरिएको हो । विशेषज्ञहरूका अनुसार, आगामी जनगणनामा जातिलाई पनि समावेश गर्ने निर्णय भारत सरकारको ऐतिहासिक निर्णय भएको बताएका छन् । किनकी यो झण्डै एक सय वर्षपछि हुँदैछ ।

यद्यपि यसको पक्ष र विपक्षमा बहस जारी छ । भारतको जनगणनामा संविधानमा सूचिकृत दलित र आदिवासीको मात्र गणना हुने गरेको छ । तर अन्य जातिको जनगणना सन् १९३१ देखि नभएकोले जातिगत जनगणनाका समर्थकहरूले यसलाई सामाजिक न्यायका लागि अत्यावश्यक भनेका छन् ,भने अर्को तर्फ आलोचकहरू भने यसले सामाजिक विभाजन अझ गहिरो बनाउने चिन्ता व्यक्त गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *