नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी पक्राउ

प्रशासन समाचार

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन जना कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्।

प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राई त्यसैगरी सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए। पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारले जनाएको छ । जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *