कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार नौ सय ८४ कैदीबन्दी फर्काइए

प्रशासन समाचार

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार नौ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार पाँच सय ७२ कैदीबन्दी फरार छन् ।पछिल्लो दुई दिनमा ६ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागले जनाएको हो । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल संख्या १४ हजार पाँच सय ५६ रहेको ६ भने १५ हजार पाँच सय २५ कैदीबन्दी भने नभागी बसेका थिए ।

फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए । कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए ।

प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिए । दश जना कैदीबन्दीको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *