नेपालमा धार्मिक द्वन्द्व फैलिने त होइन ?

राजनीति समाचार

काठमाडौं । नेपालमा पछिल्लो समय धार्मिक द्वन्द्वको गतिविधिहरु बढ्दै गइरहेको छ । धार्मिक द्वन्द्वको गतिविधिलाई हेर्ने हो भने नेपालका विभिन्न भू–भागमध्ये खासगरी तराईका विभिन्न जिल्लामा अन्तरधार्मिक साम्प्रदायिक द्वन्द्व बढ्दै गएको छ ।
तराईमा जतिपनि द्वन्द्वको स्थिति सिर्जना भएका छन् ति सबै सामाजिक सञ्चालको एउटा सामान्य पोष्ट, भिडियो, अर्थहिन विषयमा द्वन्द्वको स्थिती सिर्जना भएको पाइन्छ ।

अपराधीको कुनै धर्म हुँदैन जुनसुकै अपराधी विरुद्व राज्यले कडा कारबाही गर्नुपर्छ ,नत्र यसले ठूलो बिनास ल्याउने आम मानिसमा डर पंैदा भइरहेको छ ।
हामीले विगतमा भएको धार्मिक द्वन्द्वको विवरणलाई केलाउँदा २०८१ सालको चैत ३० गते विरगंजमा हनुमान जन्मोत्सव मनाउने क्रममा हिन्दु र मुस्लिमको दुई समुदायबीच हिंसात्मक झडपले कफ्र्यु लगाउने स्थिती आएको थियो ।

८१ मै वैशाख पाँच गते विराटनगरमा राम नवमी मनाउने क्रमममा दुई समुदायबीच झडप भएको थियो । ८० सालको चैत सुनसरीमा दुई समुदायबीच सामान्य विषयमा विवादहुँदा जिल्लाको पाँचवटा पालिकामा अनिश्चितकालीन कफ्र्यु लगाउनु परेको थियो । ८० सालको फागुन रौतहटमा सरस्वतीको मूर्ती सेलाउने क्रममा भएको हिंसाले गर्दा कयौं दिन कफ्र्यु लागेको थियो । त्यही समयमा नेपालगंजको एउटा फेसबुक स्टाटसको भरले गर्दा दुईवटा समुदायबीच विवाद र यति ठूलो झगडा भयो कि सात दिनसम्म लगातार कफ्र्यु लागेको थियो । यि त, बस दुई वर्षको अवधिभित्रका धार्मिक द्वन्द्वका सामान्य उदाहरण मात्रै हुन् ।

अहिलेको साम्प्रदायिक द्वन्द्वको यो अवस्था आइपुग्नुको पछाडि कतै न कतै राज्यको लापरवाही पनि उत्तिकै झल्किएको छ । एउटा लोकतान्त्रिक, धर्मनिरपेक्ष राष्ट्रको रूपमा सम्पूर्ण समुदायलाई न्यायको दृष्टिकोणबाट समान नजरले हेर्ने जिम्मेवारी राज्यको थियो। यी सिद्धान्तहरूको विरुद्ध गएर कुनै समुदायले कुनै अर्को समुदायमाथि अन्याय गर्न नसकून्, कसैले कुनै पनि समुदायलाई नोक्सान पु¥याउने हर्कतहरू नगरुन्, सबै समुदायहरूको बीचमा सद्भाव तथा सहिष्णुता कायम रहोस् भन्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने हुन्छ ।

साम्प्रदायिक द्वन्द्व गराउने किसिमका क्रियाकलाप गर्ने जुनसुकै पार्टी र व्यक्तिलाई दण्डित गर्नुपर्ने थियो। तर विभिन्न बुद्धिजीवीहरूले नेपालको अवस्था नाजुक बन्दै गएको तथा यसलाई चाडैं नियन्त्रण नगरेमा नेपालका लागि भयावह अवस्था आउन सक्ने संकेत गर्दागर्दै पनि राज्य किन यस्तो गम्भीर विषयप्रति उदासीन रहन पुग्दा यसले थप डर, त्रासको मात्र होइन चिन्नताको विषय पनि बनेको छ ।

आफ्नो निजी स्वार्थ, सत्ताको आडमा युवा वर्गलाई लक्षित गर्दै यस्ता गतिविधि बढी रहेको छ । द्वन्द्व फैलिंदै गयो भने नेपालको लागि भयावह स्थिति आउने कुरामा कुनै शंका छैन। विगतमा विभिन्न द्वन्द्व सहेर यो अवस्थासम्म आइपुगेको नेपाल र यस नागरिकका लागि यो अवस्था घातक हुनेछ। प्रगतिको विषयमा आफ्नो छिमेकीहरू भन्दा पिछडिएको यो देश झन् पछाडि पर्दै जानेछ जसको नतिजा सबैले भोग्नुपर्ने हुन्छ।

आउँदो पुस्ताको भविष्य धरापमा पर्नेछ। तसर्थ हामी सबै मिलेर यो द्वन्द्वलाई समाधान गर्नुपर्छ। एकअर्कासित संवाद गरेर हाम्रो बीचमा अरुले खनिदिएको अविश्वासको खाडललाई पुर्नुपर्छ। आगो लगाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहने साम्प्रदायिक तत्व विरुद्ध मिलेर लड्नुपर्छ। हाम्रो लडाईं भनेको देशभित्रको बढ्दो भ्रष्टाचार, बेरोजगारी, बेतिथिसँग रहेको छ । न कि कुनै जात, धर्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *