बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आगामी जेठमा सञ्चालन गर्ने सरकारको तयारी

वाग्मती प्रदेश समाचार

काठमाडौं । बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी जेठ पाँच गतेबाट सञ्चालन गर्ने तयारी भएको छ ।

हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । सोह्रौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रदेश सरकारले आगामी आवको लागि बजेट निर्माणको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *