काठमाडौं । धार्मिक, संस्कृतिले घर परिवार, समाज र राष्ट्रलाई बाध्ने मात्र काम गर्दैन । यसले कुन व्यक्ति कुन देशको हो भनेर छुट्याउने पनि गर्दछ । नेपालको पुर्वदेखि पश्चिमसम्मको धार्मिक, सांस्कृतिक क्रियाकलाप कार्यमा पनि फरक–फरक अभ्यास भएको पाइन्छ । चाहे त्यो हिन्दू, मुस्लिम र बुद्व धर्मको नै किन नहोस् सबैको तौर, तरिका आ–आफ्नो रहेको पाइन्छ ।
धार्मिक कार्यमा जे–जस्तो फरक भएपनि व्रत, पूजापाठ, ग्रन्थहरु सबै सांस्कृतिक कार्यमा गरिने परम्मरा वर्षौं देखि चलि आइरहेको छ । यस्ता कार्यहरु गर्दा अन्धविश्वासको पाटो होइनकी मानिसको स्वास्थ्यको हिसाबले पनि निकै फाइदा पुग्ने विज्ञानले पनि पुष्टि गरेको छ र पछिल्लो समय मान्दै पनि आइरहेको छ । सबै जसो धर्ममा व्रत बस्ने चलन रहेको छ । व्रत बस्दाको फाइदा र वेफाइदा तर्फ लामो समयसम्म विभिन्न खोजमूलक अनुसन्धान अगाडी आइरहेको छ ।
वेफाइदाको हिसब गर्ने हो, भने दीर्घ रोगी, बालबालिका, गर्भवती महिला आदि मानिसहरुको लागि विभिन्न मापदण्ड धर्म, कर्ममा नै निर्धारित गरिएको पाइन्छ । यो, मापदण्ड कालान्तर देखि नै रहेको छ यो कुनै नौलो विषय चाँहि होइन । व्रत बस्दा तौल घटाउन मद्दत मात्र गर्दैन कोलेस्टोलको नियन्त्रण, इन्सुलिन सेन्सिटिभिटी बढाउने, रक्तचापको नियन्त्रण, रोगसँग लड्ने कोषको संख्यामा सुधार ल्याउनु र हानिपुर्याउने कोषहरुलाई नियन्त्रण गर्न मद्दत गर्नुको साथै यसको अन्य फाइदाहरु पनि थुप्रै रहेको विज्ञानले पुष्टि गरिसकेको छ ।
पुजापाठ गर्दा मानिसमा सकारात्मक सोचको विकास मात्र नभई प्रकृति, शारिरीक र मानसिक तालमेलमा पनि सन्तुलन हुने गर्दछ । यसले मानव स्वस्थलाई भव्य, शक्तिशाली, कुशल, जीवनको पूर्ण र शानदार व्यक्तित्वको पहिचान दिन सक्छ । यसबाट मान्छे निरोगी, वैभवशाली, सामथ्र्यवान, कार्यक्षमतावान, दीर्घायु हुन्छ र व्यक्तित्व प्रतिभाशाली हुने गर्छ ।
विज्ञानले सूर्यलाई पूजा गर्दा अथवा जल चढाउँदा विशेष गरी तामाको भाडामा विभिन्न रङ्गका फुल राखि जल जढाउँदा यसले आँखाको रोगीलाई लाभ दिने गर्दछ । यसले आँखा सम्बन्धित रोगलाई राहत मात्र होइन कुष्ठरोग आदिलाई सूर्य नमस्कार वा सुर्य पूजाले राहात दिने पुष्टि गरिसकेको छ , भने चन्द्रमाको पूजा– आजा गर्दा मनोरोग सम्बन्धित समस्या भएका व्यक्तिहरुलाई राहत गर्ने गर्दछ । जस्तै आत्तिने,डराउने, नकारात्मक सोचहरु आउने व्यक्तिहरुलाई यसले केही हदसम्म ठिक हुन मद्दत गर्दछ भने शरीरको रक्त प्रवाहमा चन्द्रमाको प्रभावले ठिक हुने प्रमाणका साथ वैज्ञानिकहरुले पनि यसलाई मान्दै आएका छन् । अन्य धार्मिक समुदायमा तुलसी र पिपलको महत्व जति छ हिन्दू धर्ममा यसको आस्था, विश्वास र प्रभाव छुट्टै रहेको छ ।
तुलसी र पिपलको बोटमा हामीले जल चढाउँछौं यसको पनि छुट्टै महत्व रहेको छ । तुलसी र पिपल आयुर्वेदमा यसको प्रयोग र गुणलाई महत्व दिएको पाइन्छ । आयुर्वेदीय दृष्टिमा तुलसीमा कफवात नाशक, दुर्गन्धनाशक, ज्वरो नाशक आदि गुणहरु रहेको पाइन्छ । तुलसीको बोटले हावाको प्रदूषण घटाई हानिकारक कीरालाई भगाउँछ । तुलसीको सुकेको हाँगालाई कोठामा राख्नु पनि स्वास्थकर हुन्छ । तुलसीलाई पाँच प्रकारको भएको मानिन्छ । रङ्गका आधारमा भने दुई थरी तुलसी भएपनि यसको गुणमा भने त्यति धेरै भिन्नता हुँदैन । तुलसीको प्रयोग विशेषगरी पेटका रोगहरुमा जस्तै पेटको वायु बढिरहने, मन्दाग्र, अपच एवं अम्लपित्त भैरहने व्यक्तिले तुलसीको पात पकाएर खाली पेटमा खाने गर्दा पेटको खराबी क्रमश हट्दै जान्छ । साथै वान्ता एवं वाकवाकी , खानाको अभिरुचि, घाउ खटिराको लागि अचुक औषधि मानिन्छ ।
त्यस्तै पिपललाई धर्म शास्त्रमा वर्णन भए अनुसार शनिबार पिपलको परिक्रमा गरी पूजा गर्नु, दियो बाल्नु र जल चढाउनुलाई अतिनै शुभ मानिन्छ । यसो गर्दा मनोकाङ्क्षा पुरा हुने जन–विश्वास पनि रहेको छ । सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा पनि प्रभाव कायमै रहेको छ । औषधिय गुणहरुको कारणले पिपलको रुखलाई ‘कपवृक्ष’ भनिन्छ । यसको बोक्रा, पात, फलफुल, बीउ, आदी सबै पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ जस्तै मुटुसम्बन्धी रोगको औषधि, दाँतका लागि विशेषगरी बलियो र सफा तथा सेतो दाँतका लागि पनि पिपलको प्रयोग गर्न सकिन्छ , दमको रोगीको लागि, रुघा खोकीको अचूक औषधि र निमोनियामा राहत पिपलको प्रयोगले पाउन सकिन्छ ।
इतिहासदेखि वर्तमानसम्म पनि धार्मिक, सांस्कृति दृष्टिकोणले मात्र नभई औषधि जगतमा पनि तुलसी र पिपलपको महत्व कायम नै रहेको छ ।
जनै पूर्णिमाको दिन जनै धारण गर्नुको पछाडि पनि वैज्ञानि रहस्य खुलेको छ । जनै लगाउँदा मानिस झनै स्वस्थ रहने वैज्ञानिक दृष्टिबाट पत्ता लागेको छ ।
काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ । साथै शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ । यसले विद्युत प्रवाहको काम गर्छ । यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।
स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले जनैको महत्वको बारेमा ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । होगरले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् । निष्र्कषः यस्ता थुप्रै धार्मिक संस्कार रहेका छन् जुन अझैपनि हामी माझ खुल्न बाँकी नै रहेको पाइन्छ । धार्मिक सम्बन्धीका कार्यहरु जतिपनि छन् विज्ञानको जगतले यसलाई अहिले मान्यता दिइरहेका छन् ।
जबकी हामी हाम्रो कतिऔं पुस्ताका पुर्खाहरुले एकपछि अर्कोमा हस्तान्तरण गर्दै आइरहेका छौं । यस हिसाबले सदियौं देखि विज्ञान जगतमा हाम्रो दवदबा कायम रहेको मान्न सकिन्छ । स्रोतः विभिन्न पत्रपत्रिका, अनलाइनको माध्यमबाट ।