काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले वरीयता अपडेट गरेको छ । यसमा, भारतले ह्वाइट बल क्रिकेटमा आफ्नो प्रभुत्व कायम राखेको छ भने अष्ट्रेलियाले टेस्ट वरीयतामा शीर्ष स्थान कायम राखेको छ ।
च्याम्पियन्स ट्रफीमा भारतलाई जितको फाइदा पछिल्लो वरीयतामा मे २०२४ देखि खेलिएका सबै खेलहरूको दर एक सय प्रतिशत र त्यसभन्दा अघिका दुई वर्षहरूमा ५० प्रतिशत रहेको छ । २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको भारतले एकदिवसीय वरीयतामा च्याम्पियन्स ट्रफी जित्ने फाइदा पाएको छ । यसले उनको रेटिङ अङ्क एक सय २२ बाट बढेर एक सय २४ पुगेको छ । यसैबीच, च्याम्पियन्स ट्रफीको उपविजेता न्युजिल्यान्डले अष्ट्रेलियालाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ भने अस्ट्रेलिया कंगारुहरू तेस्रो स्थानमा झरेको छ ।
श्रीलंकाले पछिल्ला महिनाहरूमा घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा भारत र अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृङ्खला जित पनि समावेश छ । योसँगै श्रीलंकाले पाँच रेटिङ अंक बढाएर चौथो स्थानमा पुगेको छ । त्यस्तै पाकिस्तान पाँचौं र दक्षिण अफ्रिका छैटौं स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तान सातौं स्थानमा उक्लिएको छ भने पूर्व विश्व च्याम्पियन इङ्ल्यान्ड आठौं स्थानमा झरेको छ । त्यस्तै वेस्ट इन्डिज नवौं स्थानमा उक्लिएको छ भने बंगलादेश १०औं स्थानमा झरेको छ ।
त्यस्तै एकदिवसीय खेलमा नेपाल १८औं स्थानमा रहेको छ । एसोसियटस देशमा सबैभन्दा अगाडी स्कटल्याण्ड १२औं स्थानमा रहेको छ ।
त्यसैगरी डिफेन्डिङ विश्व च्याम्पियन भारत टी-२० मा शीर्ष स्थानमा कायमै छ, दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । पहिलो पटक, वार्षिक अपडेटमा विश्वव्यापी टी–२० वरीयतामा एक सय देश समावेश गरिएको छ । यो सूचीमा पछिल्ला तीन वर्षमा कम्तिमा आठ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका सबै टोलीहरू समावेश छन् । इङ्ग्ल्याण्ड तेस्रो स्थानमा छ भने न्युजिल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । यसपछि श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाब्वे रहेका छन् । त्यस्तै नेपाल टी-२० वरियतामा पनि नेपाल १८औं स्थानमा मै रहेको छ ।
अस्ट्रेलियाले टेस्ट टोली वरीयतामा आफ्नो शीर्ष स्थान कायम राखेको छ । अस्ट्रेलियाको एक सय २६ रेटिङ अंक छ। बेन स्टोक्सको नेतृत्वमा रहेको इङ्ग्ल्याण्डको टोलीले दक्षिण अफ्रिका र भारत दुवैलाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । दक्षिण अफ्रिका र भारत क्रमशः एक–एक स्थान झरेर तेस्रो र चौथो स्थानमा पुगेका छन् । त्यसपछि न्युजिल्याण्ड, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र जिम्बाब्वे छन्। टेस्ट तालिकामा हाल केवल १० टोलीहरू समावेश छन् । वरियतामा पुग्न आयरल्याण्डले आगामी १२ महिनामा थप एक टेस्ट खेल्नुपर्नेछ भने अफगानिस्तानले सूचीमा सामेल हुन थप तीन खेल खेल्नुपर्नेछ ।