रेशम चौधरी पक्राउको विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने

राजनीति समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले रेशम चौधरीको पक्राउको विषयमा उठाएको मागको जवाफ गृहमन्त्री रमेश लेखकले २५ गतेको बैठकमा दिने भएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा दुबै दलले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा सरकारको जवाफ माग्दै अवरोध गरेपछि गृहमन्त्री लेखकले विहिबारको बैठकमा यस बारेमा जानकारी दिने भएका हुन् । नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा सभामुख देवराज घिमिरेले सरकारलाई रुलिंग समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *