काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आफुहरु सत्ता पक्षमै रहेको र सरकारप्रति विश्वास व्यक्त गर्दै चौधरीलाई कार्यक्रम स्थलबाट पक्राउ गरेको विषयको उचित छानबिन गारी घटनाको जानकारी गराउन माग गरेकी हुन् । साथै उनले सरकारलाई एक जननेता कार्यक्रमस्थलबाट किन पक्राउ पर्छन भन्ने प्रश्न गरेकी छन् ।
रेशमलाई राज्यले कार्यक्रम स्थलबाट कार्यक्रम शुरु हुनु पूर्व एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया बिना गिरफ्तार गरेको भनाइ रञ्जिताको थियो ।