शहरीमा भ्रष्टहरुको मोजमस्ती

राजनीति समाचार

काठमाडौं । शक्ति र पहुँचको आधारमा आफुलाई सर्वशक्तिशाली व्यक्ति हुन् प्रदीप नेपालका भाञ्जा उद्धव तिमिल्सिना । कुनै बेला रामेछाप, सोलुखुम्बु, तनहुँको स्थानीय विकास अधिकारी हुँदा रसरंगमा बढी रमाउने तिमिल्सिनाको चर्चा छुट्टै थियो । तिमिल्सिना प्रजिअ भएका बेला नेकपा एमालेले मधेसमा बिग्रेको साख सुधार्ने भन्दै मेचीकाली यात्रा गर्दा सर्लाहीमा गोली चलाएर मधेसीमाथि दमन गरेका थिए । त्यहाँ पनि उनले प्रदीप नेपालकै नाम भजाएका थिए ।

अहिले तिनै उद्धवलाई म्याद सकिएपछि प्रदीप नेपालको आग्रह र माधव नेपालको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक २७ गतेसम्म मौका दिएका छन् । सरकार भ्रष्टलाई छाडिँदैन भन्छ । तर एकीकृत बाग्मती सभन्यता विकास समितिमा भएको भ्रष्टाचार सरकारले देख्दैन । तिमिल्सिनाको जागिर अवधि असार मसान्तमै सकिएको हो । तर उनले २०७७ कात्तिक २८ मा नियुक्ती भएकाले समितिको नाम नै परिवर्तन गरी समय थप गराउन सफल भएका छन् । सहरी विकास मन्त्री सीता गुरुङले यो चलखेलको भेउ नै पाउन सकिनन् ।

भ्रष्टाचारमा लोकप्रिय तिमिल्सिना र एमालेका रिपोर्टर मानिएका सचिव रविन्द्र श्रेष्ठको जोडी मिल्छ । सचिव श्रेष्ठ गत कात्तिक ११ गते अनिवार्य अवकाशमा जान लागेका थिए । तर बाग्मती सभ्यता विकास समितिलाई बाग्मती विकास समिति बनाएर पुरानो नियुक्त स्वतः बदर गराउन सफल भए । सरकारले बजेटमै एकीकृत बाग्मती सभ्यताको नाम परिवर्तन गरेको हो । उद्धव तिमिल्सिनाको स्थानीय तहमा खराब छाप छ । शहरी विकासमा सचिव पनि त्यस्तै ल्याइएको छ । जो शुद्ध इन्जीनियर भन्दा पनि राजनीतिक खेलाडी हुन् । मन्त्री सीता गुरुङ र सचिवालयको बद्नाम गराउन सक्ने क्षमता तिमिल्सिनाको छ ।

संस्थागत रुपमा कानून परिवर्तन हुँदा पुरानो कानूनले भर्ति गरेका जो कोहीको जागिर जानछ । तर बाग्मती सफाइको नाममा भएका ठूला ठूला ठेक्काको लेनदेनमा परिचित सचिवलाई तिमिल्सिनाले प्रयोग गरे । मामा प्रदीप नेपाल मार्फत एकीकृत समाजवादीका अध्यक्षलाई प्रयोग गरियो । सत्ता गठबन्धनको एक नेताले भनेपछि प्रधानमन्त्री हुन्न भन्ने कुरै भएन । उद्धव तिमिल्सिनाको रामकहानी खोतल्ने भने लज्जास्पद छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *