टर्कीमा एर्दोगान प्रमुख प्रतिद्वन्दी इमामोग्लु पक्राउ

विविध समाचार

काठमाडौं। टर्कीका अधिकारीहरूले इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई हिरासतमा लिएका छन् ।

इमामोग्लुलाई राष्ट्रपति पदको उम्मेदवार चयन गर्नुभन्दा केही दिन अगाडि मात्र हिरासतमा लिइएपछि यो विषय विवादित बनेको हो । टर्कीको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी)का एक्रेम इमामोग्लुलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वी मध्ये एक मानिन्छ ।

अभियोजकहरूले इमामोग्लुलाई भ्रष्टाचार र आतंकवादी समूहलाई समर्थन गरेको आरोप लगाएका छन् । इस्तानबुलका मेयर बाहेक, टर्कीका अधिकारीहरूले अनुसन्धानको क्रममा केही अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायीहरू सहित लगभग सय जना संदिग्धहरूलाई पनि हिरासतमा लिएका छन् । यो गिरफ्तारी हालैका महिनाहरूमा टर्कीमा विपक्षी नेताहरूमाथि गरिएको ठूलो कारबाहीको एक हिस्सा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *