काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।
गएराति बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट सात सय ४० पिस भेप बरामद भएको हो ।
साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा सात सय ४० पिस भेप छ, तर सिल लगाइएकोले खोल्न नमिल्ने प्रहरीले जनाएको छ । भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

