काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ।
नवलपरासीको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको हो। राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ। चार लेनमा विस्तार भइरहेको सडक आज बिहान परेको पानीले हिलाम्मे भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन्।