चारदेशीय टी-२०आई प्रतियोगितामा कुवेतविरुद्व नेपालको दोस्रो जित

खेलकुद समाचार

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा नेपालले ६ विकेटले जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा नेपालले पूरा गरेको थियो । यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो। यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यो साझेदारी पनि नेपालको टी-२०आईमा सबैभन्दा उच्च ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो ।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरेका थिए । लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *