गोलीनै किन बन्छ बहादुरी ?

राजनीति समाचार

काठमाडौं । गणतन्त्रको सिंह जुरो आउँदैन, जनताको पीडामा राज्यले मलम लगाउँदैन भने त्यो बेला दम्भ र घमण्डले नेताहरुको हालत कस्तो हुन्छ । दाजुको वंशनाशको वर्ष दिन नबित्दै म चुपचाप बस्दिन भन्दै आफ्नो सचिवालयको तर्फबाट बोलेका व्यापारी पृष्ठभूमिका पुर्व राजा ज्ञानेन्द्रले नै देशको मूर्ति लैजाने र विदेशबाट हेरोइन नेपाल भित्र्याएर बेच्ने गरेको कुरा पत्रकार पदम ठकुराशीले खोलेका थिए । पूर्व पञ्च सूर्यबहादुर थापाका विश्वासिला खम्बा ठकुराशीलाई दरबारको सुविधामा संलग्न गर्ने गिरोहको भण्डाफोर गरेबापत गोली हानियो ।

आज राजावादीको आन्दोलनका नाममा पनि गोली नै अगाडि आएको छ । बहुदलीय व्यवस्थाका नायक स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ६ वर्षका अनिश शाक्यको गोली प्रहारले ज्यान गएको थियो । २०४९ को स्थानीय चुनावको मुखमा नेकपा एकता केन्द्रको आन्दोलन दमन गर्न तत्कालिन सरकारले गोलीकै सहारा लियो । अहिले पनि गोली नै प्रमुख बनाइँदैछ । तर तन्त्र हिजो संवैधानिक राजतन्त्र थियो । आज एउटा राजाको ठाउँमा संघीय राजधानीमा सात प्रदेश तहमा ७ जना गरी आठ राजा छन् ।

गोली चलाउने प्रहरी हिजो पनि त्यही बिल्ला लगाएका हुन्थे । आज पनि बिल्ला उस्तै हो । तर पढेलेखेका छन् भनिन्छ । फौजमा पढेकाको बन्दुकको गोली नरम, नपढेकाहरूको कडा भन्ने हुँदैन । शासकहरूको लागि गोली नै ठूलो रक्षक बनाइदा जनता मारिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *