हावाहुरीका कारण लुम्बिनीका १२ वटै जिल्ला बने प्रभावित

लुम्बिनी प्रदेश समाचार

काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले एकजनाको मृत्यु भएको छ, भने प्रदेशका १२ वटै जिल्लामा क्षति भएको छ ।

चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको हो । प्रहरीका अनुसार बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइ दिँदा ठुलो क्षति भएको जनाएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका र अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पनि हावाहुरीले क्षति पुर्याएको छ । बाँकेको सुर्खेत रोडमा पनि हावाहुरीले क्षति पुर्याएको छ । त्यहाँ सडकको बीच भागमा रोपिएका बोटबिरूवा ढलेका छन् । प्रदेशका १२ वटै जिल्लामा हावाहुरी, वर्षा र चट्याङले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *