काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकिएको छ ।
शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काएपछि उपसमितिले दफावार छलफल तीव्र रुपमा अगाडि बढाएको हो । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेकोले बुधबारसम्म ३८ दफामा सहमति जुटिसकेको छ । आज ३९ दफाबाट दफावार छलफल सुरु हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
उपसमितिलाई ३५ दिनको समय दिएकोले आज उपसमितिको बैठक सवा १२ बजेको लागि बोलाइएको उपसमितिले जनाएको हो ।