काठमाडौं । मोरङ जिल्ला अदालतले नकेपा (एमाले)का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई पक्राउ नगर्न प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
लेनदेन बिगो मुद्दामा पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उनले अदालतमा उपस्थित भएर धरौटी रकम दाखिला गरेका छन् । सोही मुद्दामा पक्राउपुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.काठमाडौंका सञ्चालक देवराज खनालले पनि धरौटी रकम दाखिला गरेका छन् । खनाललाई पनि पक्राउ गर्न अदालतले भनेको छ ।
वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रा.लिं समेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१/०१/३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१/१/३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१/०३/१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्न आदेश दिइएको छ ।
उनीहरू विरुद्ध मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि नै पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको थियो ।