नेप्सेमा आज १४ अंकको गिरावट,आठ अर्ब रुपैँया भन्दा बढी कारोबार

अर्थ/वाणिज्य कर्पोरेट विविध

काठमाडौं। नेप्सेमा आजपनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ ।

नेप्से १३ दशमलव ९६ अंककले घटेर दुई हजार ६ सय २० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार एक सय ३८ कित्ता शेयर एक लाख १२ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार पाँच सय पाँच बराबरको कारोबार भएको हो ।

विकास बैंक समूह एक दशमलव १९ र अन्य समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ५९ करोड ३२ लाख ९५ हजार आठ सय १६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ९४ हजार चार सय ७१ कित्ता खरिदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *