इथियोपिया र इराकमा नेपालीहरु अलपत्र पर्दै

राजनीति समाचार

काठमाडौं । नेपालमा उद्योगधन्दा विस्तारैविस्तारै पलायन हुँदै गएपछि आमनेपालीहरुले विदेशी भूमिमा आफ्नो श्रम बेचिरहेका छन् । श्रम बेच्नको लागि विभिन्न मेनपावर कम्पनीहरुबाट दिनुहु विदेसिए तापनि अधिकांश देशहरुमा नेपालीहरु अलपत्र पर्ने गरेका घटनाहरु पनि दिनप्रतिदिन बढिरहेका छन् । अधिकांश मेनपावर कम्पनीहरुले श्रम स्वीकृति गराएर मलेसिया, कतार, दुबई, साउदी, बहराइन, कुबेतजस्ता देशहरुमा पठाउने गरेका थिए भने स्वदेसीदेखि विदेशीहरुले इथियोपिया, इराक जस्ता देशहरुमा बिनाश्रम स्वीकृति नेपाली कामदार पठाउने गर्दै आएका छन् ।

अहिले इथियोपियामा करिब ३ सयजति नेपालीहरु अलपत्र परिरहेका छन् । चाइनिज कम्पनीले इथियोपियामा नेपालीहरु लगेर काम लगाउने गरेको बताइन्छ । तर, इथियोपियामा चाइनिजहरु कम्पनी खोली नेपाली कामदार लाने गरेको थियो । तर, नेपाली कामदार लाने कम्पनी खोलेबापत सरकारलाई रोयल्टी नतिरेको भन्दै कम्पनी बन्द गराएपछि अधिकांश नेपालीहरु अलपत्र परेको बताइन्छ । इथियोपियामा चाइनिजहरुले कम्पनी खोले तापनि बिनाश्रम स्वीकृति अवैध तरिकाले नेपाली कामदार लाने गरेको थियो । त्यसको उदाहरण बनेको छ, काठमाडौंको महाराजगञ्जमा रहेको ‘ग्रिन रोड’ नामक चाइनिज कम्पनी ।

यस कम्पनीले २०८० जेठ महिनामा एक नेपाली युवालाई इथियोपिया पठाएको समाचार प्राप्त भएको छ । ‘ग्रिन रोड’ नामक चाइनिज कम्पनीले इथियोपिया पठाएका ती युवा अहिले अलपत्र अवस्थामा रहेको बताइन्छ । त्यस्तै अन्य विचौलियाहरुले पनि बढी तलब, सुविधाको आश्वासन देखाएर इराकमा पनि नेपाली कामदार पठाउने गर्दै आएका छन् । त्यहाँ पनि बिनाश्रम स्वीकृति नेपालीहरुलाई लाने गरिन्छ । नेपाली कामदार पनि बढी पैसा कमाइने लोभले त्यस्ता मुलुकमा जान मरिहत्ते गर्दछन् । यसरी अवैध रुपमा इथियोपिया र इराकमा गएका नेपालीहरु सुरक्षित अवस्था रहँदैनन् । पैसा कमाए तापनि कतिबेला के हुने हो भन्ने उनीहरुलाई जानकारी हुँदैन ।

यसरी गैरकानुनी रुपमा विदेसिने नेपालीहरु प्रशस्त रहेका छन् । उता, विचौलियाहरुले यतिखेर अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, फिलिपिन्सलगायतका देशहरुमा नेपालीहरुलाई महंगो शुल्क लिएर पठाउने गर्र्दै आएका छन् । त्यस्ता देशमा नेपालीहरु गए तापनि उनीहरुको क्षमता र योग्यता अनुसारको काम पाउन सकेका छैनन् । अधिकांश नेपालीहरु अहिले विचौलियाको भरमा विभिन्न देशमा जाने क्रम जारी छ । तर, सरकारले यस विषयमा ध्यान दिएको छैन । उ

ल्टै श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी मन्त्री भएपछि विश्वका विभिन्न नयाँ देशसँग श्रम सम्झौता गरेर फर्किएका छन् । ती देशहरुसँग नेपाली कामदार पठाउने सम्झौता गरिरहँदा त्यहाँ नेपाली कामदारले पाउने तलब सुविधा र सुरक्षाको भने जानकारी लिएको पाइँदैन । तर, नेपालीहरु पनि ती देशहरुमा जाँदा कति खर्च लाग्ने, सेवा, सुविधा कस्तो छ, सुरक्षित छ कि छैन भन्नेबारे कुनै जानकारी लिने गरेको पाइँदैन । यस्ता नयाँ मुलुकहरुमा कामदारलाई आकर्षित गर्न विचौलियाहरु गाउँगाउँ पुग्ने गरेका छन् ।

उनीहरुले गाउँमै पुगेर नेपाली युवायुवतीहरुलाई विभिन्न प्रलोभन देखाएर बिनाश्रम स्वीकृति अवैथ बाटोबाट विदेश पु¥याउने र मोटो रकम असुल्ने काम गर्दै आएका छन् । यस्ता विषयमा नेपाल सरकारको सम्बन्धित निकाय मुकदर्शक बनेर बसेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *