बजेटकै कारण भौतिक र सिंचाईंको काम अलपत्र

राजनीति समाचार

अर्थमन्त्री दिनप्रतिदिन निकम्मा बन्दै
काठमाडौं । गठबन्धन सरकारबाट अर्थमन्त्री बनेका कांग्रेस नेता डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन सकेका छैनन् । मन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्दा मन्त्रीको दिनप्रतिदिन आलोचना बढ्दै गएको छ । अर्थतन्त्र फितलो भएकै कारण मुलुकमा आर्थिक मन्दी बढ्दै गएको बताइन्छ । आर्थिकमन्दीकै कारण अधिकांश क्षेत्र चलायमान हुन सकेका छैनन् । विकास निर्माणका काम त परै जाओस् नागरिकका दैनिक जीवन गुजारामा समेत धौधौको अवस्था सिर्जना भएको छ ।

उता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडक निर्माणको भुक्तानी बापत ७२ अर्ब रुपैयाँ अर्थतन्त्र मन्त्रालयले तिर्न नसक्दा मन्त्री महत आलोचित भएका थिए । ठेकेदारहरुले आन्दोलन गरेपछि सडक विभागको बजेटबाट सो भुक्तानी गरिएको थियो । बाँकी रहेको ६ अर्ब रुपैयाँ प्रधानमन्त्री कार्यालयले ७ दिनभित्र भुक्तानी गर्नुभनी अर्थमन्त्रालयमा पत्र पठाएपछि केही रकम भुक्तानी भएको पनि बताइन्छ । उता, जलस्रोत तथा सिंचाई विभाग अनन्तर्गत पर्ने निर्माणको ठेक्को भुक्तानी गर्न ९९ करोड बाँकी रहेको छ । सो भुक्तानी ठेकेदारहरुलाई दिलाउनको लागि जलस्रोत तथा सिंचाई विभागले अर्थमन्त्रलयमा ताकेता गर्दा पनि अहिलेसम्म सुनुवाई भएको छैन । त्यसले गर्दा अधिकांश विकास निर्माणका कामहरु अलपत्र परेका छन् ।

सिंचाईं विभागले निर्माण गर्नुपर्ने कामको पनि ठेक्का लगाउन सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाहरु त्यत्तिकै अलपत्र परिराखेका छन् । बबई सिंचार्इं आयोजना, रानीजबरा आयोजना, सिक्टा सिचाईं आयोजना, बागमती सिंचाईं आयोजना, सुनसरी–मोरङ्ग सिंचाईं आयोजनालगायत महत्वपूर्ण आयोजनाहरु लथालिङ्ग अवस्थामा रहेका छन् । जलस्रोत तथा सिंचाईं विभागलाई दिन बाँकी ९९ करोडको भुक्तानी सरकारले दिन नसक्दा ठेकेदारहरुले काम पनि अलपत्र अवस्थामा छोडेका छन् ।

आगामी दिनमा गर्नुपर्ने यस्ता आयोजनाको ठेक्काहरु पनि अलपत्र पर्ने देखिँदै छ । एकातिर भौतिक पूर्वाधार तथा सडक विभागले ठेक्का लगाउन सकेको छैन । अर्कोतिर जलस्रोत तथा सिंचाईं विभागले पनि ठूला आयोजनाहरुको ठेक्का लगाउन सकेको छैन । यसप्रति अर्थमन्त्री बेखबरजस्तै बनेर बसेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *