काठमाडौं । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ ।
सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति भएको हो ।
विगतमा पहिला बजेटका प्राथमिकतामा छलफल गरेर नीति तथा कार्यक्रममा जान्थ्यौ तर अहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरेर पारित भएपछि त्यसैका आधारमा बजेटका प्राथमिकता निर्धारण गर्छौ’, बर्तौलाको भनाइ छ । बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु हुँदैछ ।