काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म आयात निर्यातमा व्यापार घाटा बढेको छ ।
भन्सार विभागको सार्वजनिक तथ्याङ्कले ९ महिनाको आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको हो । गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने निर्यात ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
चालु वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबर व्यापार घाटा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।