चैत मसान्तसम्म धेरै आयात भएको बस्तु पेट्रोलियम पदार्थ, दुई खर्बभन्दा बढी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म सबैभन्दा धेरै आयात भएको बस्तु पेट्रोलियम पदार्थ रहेको छ ।

भन्सार विभागको ९ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ दुई खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ बराबरको आयात भएको सार्वजनिक तथ्याङ्कले जनाएको हो ।

दोस्रोमा १ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै तेस्रोमा पाम तथा प्रशोधित तेल आयात भएको देखिन्छ । यो अवधिमा पाम तथा प्रशोधित तेल १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तैगरी ८८ अर्ब ४७ करोड रुपैयाँको बोइलिङ मेशिन, ८६ अर्ब १० करोड रुपैयाँ बराबरको इलेक्ट्रिकल मेशिन तथा उपकरण ७० अर्ब ४२ करोड रुपैयाँ बरबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ ।

यस्तै ४८ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्लाष्टिकजन्य वस्तु १३ अर्ब १६ करोड रुपैयाँ बराबरको रब्बरको सामग्री, ४७ अर्ब ८५ करोड बराबरको मोती, औषधजन्य वस्तु ३२ अर्ब ४ करोड रुपैयाँको, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै सो अवधिमा ३१ अर्ब ५२ करोड बराबरको तरकारी १८ अर्ब २० करोड बराबरको फलफूल आयात भएको छ । यस्तै २१ अर्ब ७० करोड बराबरको तेल जन्य वियाँ आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *