राप्ती हाइड्रोको आईपीओ बिक्रि खुल्ला

अर्थ/वाणिज्य समाचार

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज ९असार २९ गते० देखि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरूका छुट्याइएको छ । एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि आवेदन खुला गरिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीको शेयर निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई चयन गरेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

सर्बसाधारण लगानीकर्ताले कम्पनीको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता देखि अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

आईपीओमा आवेदन दिने अन्तिम साउन १ गते रहेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *