स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेका हुन् । आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको उनले बताएका छन् । उनले हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइ हुने व्यवस्था अनिवार्य गरिने जानकारी गराएका छन् । मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन पनि अघि बढाएको छ ।

स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएकोले नागरिकको स्वास्थ्य उपचारका लागि तीनवटै सरकारले खर्च गर्ने रकम बीमा कोष बलियो बनाउन उपयोग गर्न आवश्यक रहेको उनले बताएका छन् । स्वास्थ्य बीमामा तीनवटै सरकार मिल्ने हो भने यो सम्भव रहेको मन्त्री पौडेलले उल्लेख गरेका छन् ।

उनले हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो,भने अहिले देखिएको आर्थिक अभाव हट्ने अपेक्षा गरेका छन् । हरेक वर्ष बजेटमा रहेको तीन अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले आगामी बजेटमा यसलाई १० अर्ब पुर्याइने मन्त्री पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *